राष्ट्रिय विद्यार्थी संघद्वारा गृहमन्त्री र शिक्षामन्त्रिको पुत्ला दहन

264

वीरगंज, चैत्र १५ – राष्ट्रिय विद्यार्थी संघ पर्साले संघीय सरकारका शिक्षा मन्त्रि गिरिराजमणि पोखरेल र गृहमन्त्रि रामबहादुर थापाको शुक्रबार पुत्ला दहन गरेको छ । लगातार दुई दिन देख माध्यमिक शिक्षा परिक्षा (एसईई)को प्रश्नपत्र परिक्षा अगावै बाहिरीएपछि संघीय सरकारको मधेस प्रतिको कार्यशैली प्रति प्रश्न उठाउदै राष्ट्रिय विद्यार्थी संघले आज वीरगंजमा शिक्षा मन्त्रि र गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।

शिक्षा मन्त्रि गिरिराजमणि पोखरेलले मधेसलाई बद्नाम गर्ने उद्द्येश्यले सुंयोजित ढंगबाट प्रश्नपत्र परिक्षा अगावै लिक गराएको संघले आरोप लगाएको छ । त्यसैगरि परिक्षा रद्दको खबरले असन्तुष्ट विद्यार्थीहरुले शान्तिपूर्ण तरिकाले गरिरहेको आन्दोलनमा बलजब्ती प्रहरी लगाएर बलाबालिका माथि बल प्रयोग गरेको आरोप लगाउदै राष्ट्रिय विद्यार्थी संघका नेताहरुले आक्रोश पोखेका छन् ।



संघका जिल्ला अध्यक्ष मधुसुदन चौरसियाको नेतृत्वमा वीरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पसको मुख्यद्वराबाट निकालिएको जुलुसले माईस्थान पुगेर दुवै मन्त्रिको पुत्ला जलाएको थियो । पुत्ला दहन पश्चात कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष चौरसियाले संघीय सरकारले मधेसका विद्यार्थीहरु माथि परिक्षा रद्द गरेर सोषण गरेको बताउदै आक्रोश व्यक्ति गरे ।

उनले सरकारको कार्यशैली माथि प्रश्न गर्दै आफ्नो गल्तीको दोष विद्यार्थीहरु माथि थोपेको आरोप लगाए । ‘प्रश्नपत्र सरकारद्वारा संचालन गरिने निकायहरुको मातहातमा हुन्छ, लिक गर्ने उनीहरु नै हुन् अनि अहिले आएर विद्यार्थीले गलत गरे भन्ने?’ चौरसियाले प्रश्न गरे, ‘विद्यार्थीहरुको आक्रोश जायज छ, रातभरी महिनेत गरेर पढेर आएका विद्यार्थीहरुलाई परिक्षा स्थगित भएको खबरले दु:ख पुगेर पो सडक आएका हुन्, यसको सम्पूर्ण जिम्मा संघीय सरकारले लिनु पर्ने हुन्छ ।’

नेता चौरसियाले शान्तिपूर्ण तरिकाले आफ्नो विरोध प्रदर्शन गरिरहेका विद्यार्थीहरु माथि प्रहरी लगाएर असंविधानिक तरिकाले लाठि र आँसु ग्यास प्रहार गराउन निन्दनिया कार्य भएको बताए । उनले विद्यार्थीहरु माथि दमन गर्ने प्रहरी र प्रशासनलाई पनि कारवाही गर्ने माग गरे ।

पुत्ला दहन कार्यक्रममा संघका ठाराब एकाई उपाध्यक्ष अफ्रोज आलम, एकाई सचीव मो.सागिर अलि, विद्यार्थी नेता बिक्की राज पटेल, बिबेक झा, बिध्यानन्द साह, अनिश कुशवाहा, सत्रुधन सिंह, सुमित चौरसिया, हरिशन्कर यादव, जहिर आलम, अजय गुप्ता र युवा नेता राजु गुप्ता, अफ्रोज आलम, भुसाल चौरसियालगायत नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।