नगर अध्यक्षमा पुन इश्वर यादव चयन

213

वीरगंज,१५ चैत्र । संघिय समाजवादी फोरम नेपालको वीरगंज महानगरको प्रथम नगर अधिवेशन आज सम्पन भएको छ ।
नगर अध्यक्ष इश्वर यादवको अध्यक्षतामा संम्पन्न भएको थियो । सर्वसहमतीले महानगरको अध्यक्षमा पुन इश्वर यादव चयन भएका थिए ।
कार्यक्रममा सांसद प्रदिप यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शशिकपुर मिया ,केन्द्रिय सदस्यहरु लक्ष्मीकान्त तिवारी,फिरोज मंसुर,सिपु तिवारी,जनार्दन यादव,महिला तर्फ सुनिता साह,प्रदेश सांसद प्रहलाद गिरी,जन्नत अंसारी,जिल्ला समन्व्य समितीका सभापती नेकमहमद अंसारी,जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी,पुर्व मेयर प्रदिप सुवेदी,संघिय शिक्षक फोरमका केन्द्रिय सदस्य बृजमोहन तिवारी,बुद्धीजिवी फोरम पर्साका अध्यक्ष शुसिल भटराई,जिल्ला उप सचिव मुकेश द्धिवेदी,पार्टीका नेता नवल किशोर यादव,विजय यादव लगाएतको उपस्थीती रहेको थियो ।