×

वीरगन्ज १४ चैत । वीरगंज पब्लिक कलेजले १२ कक्षामा अध्यनरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । बिरगंजको होटेल भिस्वामा एक समारोहका बिच भव्य कार्यक्रमको आयोजना गरि धुमधामका साथ मनाएको हो ।

बिरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा.दिपक शाक्यको सभापतित्वमा र लन्डन चेम्बर अफ कमर्स ईन्टरनेशनल स्पिकर र टेर्नर अभिलेश आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न बिदाई कार्यक्रममा त्रिभुवन युनिभर्सिटीका प्रोफेसर डा.यादव राज कोईराला, प्रोफेसर डा.सुशिल भक्त माथेमा, प्रोफेसर डा. श्रीकृष्ण श्रेष्ठ, बिपिसि क्याम्पसका प्रिन्सिपल बिनय श्रेष्ठ, हरिरत्न तुलाधर, को–अर्डिनेटर अरबिन्द श्रेष्ठ, अभियान दैनिकका ब्युरो चिफ ओमप्रकाश खनाल, ई·्लिस डट कमका अध्यक्ष दिगम्बर थापा, नेपाल टेलिभिजनका रिपोर्टर नेहाल खान, बिरगंज मानवसेवा आश्रमका दिवेस गुप्ता, अन्सु कार्की, सन्चारकर्मि जाकिर हुसेन, अजित भुजेल लगायतको सभागिता रहेको थियो । कार्यक्रम सन्चालन बिपिसी कलेजका को–ओर्डिनेटर बिनय कुमार ठाकुरले गर्नु भएको थियो ।

Back to top