×

वीरगन्ज १२ चैत । राधा माधव समितिको आयोजनामा चैत्र १४ गते बिहिवारदेखि बीरगन्जमा सुरु हुने दार्शनिक प्रवचन एव मधुर सकिर्तनको सम्पुर्ण तयारी पुरा भैसकेको आयोजक समितिले जनाएको छ । दिव्य प्रवचनकर्ता बृन्दावन वासनी सुश्री श्रीश्वरी देवीजी आज बीरगन्जा आइसक्नु भएको छ । देवीजीलाइ राधा कुन्जमा साधकहरुले भव्य स्वागत गरेका थिए । चैत्र १४ गते देखी २८ गते सम्म १५ दिन बीरगन्ज बालमन्दिर परिसरमा बिहान साधना र साझ प्रवचन हुने र सोको लागि मन्च, पण्डाल निर्माण लगायतको सम्पुर्ण तयारी पुरा भैसकोको राधा माधव समिति बीरगन्जका अध्यक्ष सुनिल मल्लीकले जानकारी दिनु भएको छ । प्रवचनमा नारायणगढ, हेटौडा, कलैया, सिमावर्ती रक्सौल वाट दैनिक ४/५ हजार साधक एव भक्तजनहरु आउने अनुमान गरिएको अध्यक्ष मल्लीकले बताउनु भयो । उहाँ ले बाहिरवाट आउने भक्तजनहरुको लागि आवास र भोजन निशुल्क व्यवस्था गरीएको जानकारी दिनु भएको छ । भक्तीमार्ग सिद्धान्तका प्रणेता जगतगुरु कृपालु जी महाराजका प्रचारीका सुश्री श्रीश्वरी देवी जीले हनुमत पद्दतीवाट रुपध्यान साधना हरेक दिन बिहान गराउनु हुनेछ । साधनामा मनपरिवर्तन र एकाग्रता साथै श्रवण, किर्तन्किर्तन्,अस्मरण तिन वटै माध्यम द्वारा मनुष्यले भागवत कृपा प्राप्ति कसरी गर्न सक्छन सो बारे धारावाहिक प्रवचन १५ दिन सम्म हुनेछ । यस अधि १५ वर्ष अघि मुकुन्दानन्द महाराज बीरगन्जमा यस्तै प्रवचन दिनु भएको थियो । १३ वर्ष अघि बीरगन्ज आदर्शनगर वाल मन्दिर नजिक राधा कुन्जधाम को निर्माण भएको थियो जस्को समुदघाटन स्वम जगतगुरु कृपालु जी महाराजले गर्नु भएको थियो ।

Back to top