×

वीरगन्ज १२ चैत । उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मात्रीका प्रसाद यादवलाई सिमराका स्थानियले जगदम्बाको नयाँ प्लान्ट संचालन हुन नदिन ज्ञापन पत्र बुझाएका छन् ।

मंगलबार सिमरा बिमानस्थालको बिशिष्ट कक्षमा सिमराका नेकपा र काँग्रेस सहितका नेता कार्यकर्ताले यादवलाई जगदम्बाको प्रदुषणबारे ध्यानाकर्षण गराएका छन् ।

बिरगञ्ज स्थित उच्च अदालतको एक कार्यक्रममा सहभागी हुन सिमरा बिमानस्थल हुँदै आएका मन्त्री यादवले ज्ञापनको जवाफमा अहिले केही दिनलाई उद्योगलाई केही नगरीदिन आग्रह गरेका छने ।

यही १४ गते हुने लगानी सम्मेलनपछि मात्रै उद्योगलाई के गर्ने भन्नेमा छलफल गर्ने भन्दै मन्त्री यादवले स्थानियको माग अनुसार नै उद्योगलाई निर्देशन दिइने प्रतिबद्धता आएको नेकपाका नेता मनोज पौडेलले जानकारी दिए ।

यस अघि सिमराका स्थानियले आइतबार बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई ज्ञापन पत्र बुझाउँदै जगदम्बाले सिमराको मानव जिवन नै सकंटमा पारेको भन्दै उद्योगले संचालनमा ल्याउन लागेका जस्तापाता प्लान्टलाई संचालन हुन नदिन ध्यानाकर्षाण गराएका थिए ।

उद्योगले हाल संचालन गरिरहेको स्थानको पश्चिमपट्टी बस्तीकै बिचमा नयाँ प्लान्ट संचालनको तयारीमा छ । यधपी स्थानियले सो प्लान्टलाई कुनै हालतमा संचालनमा आउन नदिने र हाल संंचालनमा रहेको स्थानबाट समेत उद्योगलाई स्थानान्तरण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

Back to top