×

वीरगञ्ज, ८ चैत, पप्पु कन्स्ट्रक्सले मकवानपुरको हेटौंडादेखि लोथर सडकखण्डअन्तर्गत साढे ४ किलोमीटर सडक कालोपत्रे गर्ने कार्य समयअगावै सम्पन्न गरेको छ । हेटौडा डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले पप्पुलाई १५ महीनामा सक्ने गरी सडक कालोपत्रेको ठेक्का दिइएकोमा २ महीनाअघि नै निर्माण पूरा गरेको जानकारी दिए । ६ करोड ४२ लाख रुपैयाँको लगातमा रोड निर्माण गर्ने ठेक्का दिइएको थियो । सडक विभागले २०७४ कात्तिकमा सो ठेक्का लगाएको थियो । १५ महीनामा पूरा गर्ने सम्झौता भएकोमा समयअघि नै निर्माण कार्य पूरा गरिसकेकाले ठेकेदारलाई कार्य सम्पन्नताको प्रमाणसमेत दिइसकेको सडक कार्यालयले बताएको छ ।

Back to top