×

जितपुरसिमरा, चैत्र २ - बाराको सिमरास्थित हुलास स्टील इण्डस्ट्रिजको गोदाममा भीषण आगलागी भएको छ । कम्पनीको कवाडी जम्मा गर्ने गोदाममा शनिबार १२ः१५ मा आगलागी भएको हो । ग्याँसबाट फलाम टुक्राउने क्रममा निस्केको झिल्कोले आगलागी भएको प्रहरीले जनाएको छ ।

गोदाममा लागेको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र कम्पनीका कामदारहरुको सहयोगमा जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको वारुणयन्त्र द्वारा करिब ३० मिनेटपछि पूर्ण नियन्त्रणमा आएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबास हमालले जानकारी दिनुभयो ।

Back to top