×

वीरगन्ज १ चैत्र । श्री जैन श्वेतामबर तेरापंथी महिला मंडलद्धारा क्यान्सर न्युनिकरण सम्बन्धि चेतनामुलक कार्यक्रम गरिएको छ ।

विरगंज स्थीत रहेको जैन धर्मशालाको सभाहलमा लायन्स क्लबकी रेखा बैद्यको अध्यक्ष्तामा प्राण घातक रोग क्यान्सरलाई न्युनिकरणको लागि चेतनामुलक कार्यक्रम गरिएको छ ।

श्री जैन श्वेतामबर तेरापंथी महिला मंडलले आयोजना गरेको चेतनामुलक कार्यक्रममा क्यान्सर कति प्रकारका हुन्छ भन्ने विषयमा डा.मोनिका यादवले महिलाहरुलाई विस्तृत रुपमा जानकारी दिएका थिए ।

स्यानै समयमा महिलाहरुलाई बिहे गरि दिँदा अधिकाँस त्यस्ता महिलाहरुलाई पाठे घरमा क्यान्सर हुने गर्दछ र क्यान्सर लागि सकेपछि सो रोगलाई न्युनिकरण गर्नुको लागि एक दशक भन्दा बढि लाग्ने गर्दछ डा.यादवले बताईन् । जैन भवनको सभाहलमा भएको क्यान्सर न्युनिकरण सम्बन्धि चेतनामुलक कार्यक्रममा मारवाडि समुदायका सयौँ महिलाहरुको उपस्थिती रहेको थियो ।

Back to top