×

वीरगन्ज १ चैत्र । बीरगंजमा एक ९ बर्षिया बालिका बलात्कार भएको घटना सार्बजनिक भएको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटमा बस्ने ९ वर्षीया बालिकालाई बहुदरामाई नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय राजन साह तुराहाले बुधबार दिउँसो मिठाई खुवाउने प्रलोभन देखाएर ललाइ फकाइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी आनन्द राम शर्माले जानकारी दिनुभयो । दिउँसो कोठाबाट आफू समान किन्न बजार गएको बेला घरमा एक्लै खेलिरहेकी बालिकालाई मिठाई किनिदिने प्रलोभन देखाएर सोहि घरमा डेरा गरी बस्ने तुराहाले आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको पीडित बालिकाकी आमाले बताउनु भयो । बालिकाको नारायणि अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Back to top