×

वीरगन्ज ३० फागुन । मालपोत कार्यालय सिमरामा किर्ते कागज बनाएर जग्गा बेचविखन गिरोहको सक्रियता बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय टोलीले आजदेखि छानविन शुरु गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिवको संयोजकत्वमा शाखा अधिकृत , प्रहरी निरीक्षक गरी ३ जनाको टोलीले आज (विहिवार) सिमरा मालपोत कार्यलयमा छापा मारी सम्पूर्ण कागजपत्र अध्ययनमा लागि जफत गरेको हो । पछिल्लो समय सिमरा मालपोत कार्यालयका कर्मचारी, लेखापढी व्यवसायी र जग्गा दलालीको मिलेमतोमा किर्ते कागज बनाएर जग्गा वेचविखन गर्ने गिरोह सक्रिय भएको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले फागुन २२ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडालाई छानविन तथा कारवाहिको माग गर्दै पत्र पठाएको थियो । सोही पत्रका आधारमा आज अख्तियारको केन्द्रिय टोलीले अनुसन्धान शुरु गरेको हो । सिमरा मालपोत कार्यलयका प्रमुख मदन गुप्ताले नागरिकता देखि लिएर सम्पूर्ण कागजपत्र किर्ते बनाएर जग्गा वेचविखन गर्ने गिरोहसँग मिलेर काम गरिरहेको , एउटा स्थानिय तहको जग्गा अर्को स्थानिय तहलाई बिक्री गरेको , सरकारले जग्गाको किक्ताकाटँ फुकुवामा गरिसकेको अवस्थामा गलत मनसायले काम गरेको लगायतका उजुरीका आधारमा हामीले अनुसन्धान शुरु गरेको हौ’ छानविन टोली सहभागी अख्तियार श्रोतले भन्यो ‘त्यो मान्छे (मदन गुप्ता) ले अर्वको फिगरमा भष्ट्रचार गरेको छ त्यो पनि अव छिट्टै छानविन हुन्छ’उपसचिवको दरवन्दी रहेको सिमरा मालपोत कार्यालय सिमरामा नायव सुब्बा मदन गुप्ताले प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । गुप्ताको पछिल्लो गतिविधि शंकास्पद देखिएपछि उनले यसअघि जिम्मेवारी सम्हालेको मालपोत कार्यालय विरगञ्जको राजस्व फाँटमा सेमत अख्तियारको टोलीले अनुसन्धान गरिहेको छ ।‘हामीले आज सबै कागजपत्र उठाएर ल्याएका छौ, भोलीदेखि अध्ययन ,अनुसन्धान शुरु हुन्छ २ / ४ दिनमा सबै कुरा सार्वजनिक हुन्छ’ अनुसन्धानमा सहभागीले भने । सिमरा मालपोत कार्यालयका प्रमुख गुप्ताले लेखापढी व्यवसायी र जग्गा दलाली सँगको मिलेमतोमा लाखौ रुपयाँ भष्ट्रचार गरेको भन्दै चौतर्फी रुपमा गुप्ताको सम्पतिको छानविनको हुनुपर्ने माग समेत उठेको छ । सिमरा मालपोत कार्यालय सिमरावाट बारा जिल्लाका साविकका गाविसहरु रातोमाटे, प्रिपासिमरा ,भवानीपुरजितपुर, छातापिपरा, ईनर्वासिरा, रामपुरटोकनी , बुनियाद, लिपनीमाल, मर्नरहवा र निजगढका स्थानियबासीहरुले सेवा लिदै आएका छन् ।

Back to top