भुमिगत समूह गोइत र ज्वाला समूहलाई पनि वार्तामा आउन पत्राचार

156
Share
  • 65
  •  
  •  
    65
    Shares

वीरगन्ज ३० फागुन । तराईलाई अलग राष्ट्र विगत लामो समयदेखि जयकृष्ण गोइत र ज्वाला सिंहले छुट्टा–छुट्टै समूह बनाएर भुमिगत आन्दोलन गर्दै आएका छन् ।

मधेसमा खुलेका कैयौं भुमिगत समूह सरकारसँग बार्ता गरेर निस्कृष्य बन्यो । तर गोइत र ज्वाला समूह अझै वार्तामा आएका छैन । ज्वाला निस्कृय जस्तै बनेको छ भने गोइत अझै सक्रिय देखिन्छ । गोइत केहि न केहि गतिविधि जारी राखेका छन् ।

जनकपुरमा विहिवार आयोजित पत्रकार सम्मेलनमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले घुमाउरो भाषामा गोइत र ज्वाला समूहलाई पनि वार्ताको लागि पत्र पठाएको जानकारी दिए । गोइत र ज्वाला समूहलाई पनि पत्र पठाएको हो भन्ने संचारकर्मीको जिज्ञासामा उनले भने– सरकारद्धारा उच्च गठित उच्च स्तरीय वार्ता टोलीले सबैलाई वार्ताको लागि पत्र पठाएको छ ।

वार्ताका लागि पत्र पठाएबारे गोइत र ज्वाला समूहले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेका छैन । लाइभ मधेस डटकमले चाँडै गोइत र ज्वालासँग सम्पर्क गरेर यसबारे थप कुरा बाहिर ल्याउने प्रयास गरिरहेको छ ।

 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here