×

वीरगन्ज २९ फागुन । टर्सरी अस्पतालमा रुपान्तरणको प्रक्रियामा अघि बढेको नारायणी अस्पतालको बोर्ड फेरिएको छ । नारायणी उपक्षेत्रीय अस्पतालको बोर्ड मात्रै रहेको अस्पतालमा बुधबार बिहान नारायणी अस्पताल लेखिएको बोर्ड लगाइएको हो ।

स्वास्थ्य मन्त्रालयले उपक्षेत्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पताललाई विशेषज्ञ सेवासहित ५०० बेडको प्रदेश २ कै नमूना अस्पतालको रुपमा स्तरोन्नती गरेको दावी गरेको छ ।

प्रतिनिधिसभा सदस्य प्रदीप यादवले अस्पतालमा स्थापना गरिएको नयाँ बोर्डको उद्घाटन गरे । सांसद यादवले नारायणी अस्पताललाई मेडिकल कलेज बनाउन पहल भइरहेको जानकारी दिए ।

संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्षसमेत रहेका सांसद यादवले संघ सरकारको रकमबाटै अस्पतालको भवन निर्माणको काम सुरु गर्न लागिएको बताए ।

तीन दिनदेखि इन्जिनियरहरुले नारायणी अस्पतालको भवन निर्माण हुने ठाउँको माटो परीक्षण गरिरहेको जानकारी उनले दिए ।

Back to top