बच्चा सोनारले गरे रमेशलाई बेपत्ता,बबिताले दिईन जाहेरी

699
Share
  • 166
  •  
  •  
    166
    Shares

वीरगन्ज २९ फागुन । वीरगन्ज रानीघाट वडा नं. २४ बस्ने रमेश प्रसाद सर्राफ दुई दिनदेखि बेपता भएका छन । वीरगन्ज माईस्थानमा गहना पसलमा काम गर्दैआएका रमेशलाई वीरगन्ज रानीघाटका बच्चा सोनारले बेपत्ता पारेको भन्दै रमेशकी श्रीमती बबिता देवीले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएकी छन ।
रमेशले बच्चाको पसलको काम गर्ने र बच्चाले भारतको रक्सौलबाट अवैध गहना ओसारपोसार गर्ने गराउने समेतका कार्य रमेश संग गराई आएको बबिताले बताएकी छन । भारतको रक्सौलबाट अवैध गहना ओसारपोसार गर्ने गराउने क्रममा ठुलो रकम हिनामिना गरेको भन्दै बच्चाले केही दिनदेखि रमेशलाई रकम फिर्ता गर्न दबाव दिदै आएको उनले बताइन् ।
बच्चाले रमेशमाथी दबाव दिदा पनि रमेशले पैसा नदिए पछि फागुन २६ आईतबार बेपता पारेको भन्दै बविताले प्रहरीमा जाहेरी दिएकी हुन । रमेश मोटरसाईकल ना १९ प ८१९६ को हिरो ग्यालेमर आईतबार चढेर घरबाट निस्केका थिए सो समय देखी उनी सम्र्पक बिहीन छन । रमेश सर्राफले केहि दिन पहिले वीरगन्जका एकजना सुनचादी पसलका बेक्तीलाई सस्तोमा सुनको गहना किनाईदिने भन्दै भारत लगेर सुनको गहना बेचने बेक्तीले गहना बेचने बहानामा वीरगन्जका सुन किन्ने बेक्तीको गहना नदिई उनको लाखै रुपैया खोसिएको वीरगञ्जका एक व्यवसायीले बताए । पैसा खोसाएको आरोपमा रमेशमाथि वीरगन्जका सुनचादी ब्यसायीले लगाएका थिए । रमेशमाथी वीरगन्जका सुनचादी ब्यसायीहरु पटक पटक पंचायथी बसी रमेशले नै पैसा लुटवाएका भन्दै रमेशलाई पैसा दिन दबाव बनाएका थिए ।
यस बिषयमा जिल्ला प्रहरी कार्यलय पर्साका प्रमुख रेवती ढकालसंग बुझदा रमेश सर्राफ र बच्चा सोनारको बारेमा म बुझदै छु सत्य तत्य बुझे पछि जो दोसी देखिन्छ उसलाई करवाही अवस्य गरिने छ भने ।
यत बच्चा सोनारसंग सम्र्पक गर्दा पैसा दिने बहानामा रमेश आफै बेपता भएको छ रमेशको श्रीमतीले म माथी झुटो आरोप लगाएर मलाई बदनाम गराउने खोजेको दाबी गरे ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here