×

वीरगन्ज २६ फागुन । निमाणाधिन पथलैया बिरगञ्ज ब्यापारिक मार्गमा क्षमता भन्दा बढी सामान बोकेका मालबाहाक सवारीहरु निर्बाध रुपमा गुडिरहेका छन् । पर्साको वीरगञ्जस्थित भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाहबाट ब्यापारिक मार्गमा पर्ने उद्योग कलकारखानाका लागी कच्चा पदार्थ बोकेर आउने अधिकांस सवारीहरुले आफ्नो क्षमता भन्दा दोब्बर सामान बोकेर गुड्ने गरेका छन् । क्षमताभन्दा दोब्बर सामान बोकेर छुट्ने त्यस्ता सवारीहरुलाई ट्राफिक प्रहरीले भने हरेक पटक जरिवाना लिएर मात्रै छाड्ने गरेको छ । प्रति एक्सल ९ हजार आठ सय किलो क्षमताको सडकमा क्षमताभन्दा दोब्बर सामान लोड हुँदा सडकको कालोपत्रे टायरको भाग भन्दा दायाँवायाँ उठ्ने र सडकको आयु घट्ने निर्माणधित पथलैया वीरगञ्ज ब्यापारिक मार्गका ईन्जिनियर अशोक यादब बताउँछन् । तर नियम मिचेर पनी निर्धक्क गुडिरहने यस्ता सवारीलाई स्वयं ट्राफिक प्रहरी र प्रशासनले नै संरक्षण दिईरहेको पाईएको छ । सिमरास्थि एक उद्योगका लागी फलामको पाता बोकेर बिरगञ्जस्थित सुख्खा बन्दरगाहबाट छुटेको एउटा गाडिले ६० टन सामान बोकेर गुडिरहेको थियो । उक्त गाडिको क्षमता भने २९.२ टनमात्रै रहेको स्वयं चालकले नै बताए । यसरी क्षमता भन्दा बढी सामान बोकेर गुडिरहेको सवारीलाई ट्राफिक प्रहरीले जरिवानामात्रै लिएर छाडेको पाईएपछी उनिहरुकै संरक्षण रहेको प्रस्ट हुन्छ । ट्राफिक प्रहरीले काटेको १ हजार ५ यस रुपयाँ जरिवाना बापतको बिल देखाउँदै चालकले भने, ‘हामीलाई कसैले रोक्दैन, हरेक पटक बिल चाही काट्नुपर्छ ।’

गाडिको क्षमता भन्दा बढी भार बोकेर हिड्नु जोखिम हुने स्विकार गर्दै उनले भने, ‘गाडि गुडाउनै मुस्किल हुन्छ नी ! तर उद्योगले सबै हामी मिलाउँछौँ तिमिहरु बोकेर आउ भनेको छ । त्यसैले बाध्यता हुन्छ ।’ उनका अनुसार यस क्षेत्रका उद्योगमा सामान लिएर आउने अधिकांस सवारीले क्षमता भन्दा बढी सामान बोक्नै पर्छ । उनिहरुलाई उद्योगको समेत दबाब छ ।

के छ नियममा ?

मालवहाक सवारी साधनको भारवहन नियमन सम्वन्धि निर्देशिका २०७४ को निर्देशिकाको दफा १० को उपदफा १ मा तोकिएको भारवहन क्षमता भन्दा बढि भार बोकी आएका मालवहाक सवारी साधनले प्रचलित कानून अनुसारका जरिवाना गर्नुका साथै बढि भएको सामान झारी सवारी धनिले त्यस्तो सामान भण्डारणको व्यवस्था मिलाउनु पर्ने उल्लेख गरेको छ भने सोही दफाको उपदाफा २ मा भार छुटाउन नमिल्ने÷नसकिने सामानको कूल वजन तोकिएको भन्दा बढि भई ढुवानी गर्नु परेको अवस्थामा नजिकको यातायात व्यवस्था कार्यालयबाट पूर्व स्वीकृति लिएर मात्र ढुवानी गर्नु पर्ने उल्लेख छ । यसरी पूर्व स्वीकृति दिदा तोकिएको शुल्क असुुल उपर गर्नु पर्ने भनिएको छ ।

स्वीकृति नलिई आएका सवारीहरुको हकमा ट्राफिक प्रहरीले कारवाहीका लागि नजिकको यातायात व्यवस्था कार्यालयलाई सिफारिस गर्नु पर्ने उल्लेख छ ।

नियमबिपरित जरिवाना लिँदै ट्राफिक प्रहरी

दोब्बर भारबहनका लागी न त सवारी धनीले पूर्व स्विकृती लिन्छन्, न ट्राफिक प्रहरीले निर्देशिकाअनुसार कारबाहि गर्छ ।स्वीकृति नलिई आएका सवारीहरुको हकमा ट्राफिक प्रहरीले कारवाहीका लागि नजिकको यातायात व्यवस्था कार्यालयलाई सिफारिस गर्नु पर्ने उल्लेख भएका कारण यातायात ब्यवस्था कार्यालयलाई जानकारी नगराई रसिद काटेर छाड्नु कानुन बिपरित हुने यातायात व्यवस्था कार्यालय बीरगञ्जका सुचना अधिकारी विपिनलाल कुमार कर्ण बताउँछन् । उनि भन्छन्, ‘क्षमता भन्दा दोब्बर भारवहन गर्दा ट्राफिकले कारवाही गर्ने होइन, ट्राफिकले नियन्त्रणमा लिई नजिकको यातायात व्यवस्था कार्यालयमा कारवाहीका लागि सिफारिस गर्ने हो । ट्राफिकले १ हजार ५ सय जरिवाना गरी गाडि छाड्न मिल्दैन । यो कानून विपरित हो ।’

पर्साका सिडियोको संरक्छन !

यता प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता रिपेन्द्र सिंहले क्षमता भन्दा दोब्बर भारवहन गर्न मिल्ने गरी पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले संमन्वय गरेकाले आफुहरुले जरिवाना मात्रै लिएर छाड्ने गरेको बताए । ‘पर्सामा भएको सर्वपक्षिय छलफलका अधारमा आमीलेत्यस्ता सवारीलाई रसिद काटेर मात्रै छाड्ने गरेका हौँ ।’ उता पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने आफुहरुसँग कुनै लिखित सहमती नभएको दाबी गरेका छन् । ‘बढी सामान बोक्न पाउनुपर्ने भन्दै यस क्षेत्रका उद्योगीले ज्ञापन पत्र बुझाएका थिए ।’ उनले भने, ‘ त्यसका लागी समन्वयनकारी भुमिका मात्रै निर्वाह गरेका हौँ ।’ बढि भारवहनका लागि गृह मन्त्रालयमा पत्र पठाएको र सो को जवाफ नआउँदासम्म पुरानै निर्देशिका कार्यान्वयन गर्न भनिएको उनले बताए । त्यसका लागी गत माघ १० गते प्रमुख जिल्ला अधिकारी भट्टराईकै कार्यकक्षमा छलफल भएको थियो । ‘प्रमुख जिल्ला अधिकारीले छुट दियो भनेर बनदाम गराउने काम भैरहको छ ।’ उनले भने, ‘मनलाग्दी सामान बोक्न पाउने भनेर कुनै लिखित सहमती भएको छैन ।’

Back to top