×

वीरगन्ज २४ फागुन । प्रमुख जिल्ला अधिकारीलाई काउन्टर गर्न प्रदेश २ सरकारले आफ्नै प्रदेश प्रशासनिक अधिकारी राख्ने तयारी शुरु गरेको छ । संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफनै मातहत राख्ने तैयारी गरि रहेको बेला त्यसलाई कमजोर गर्न प्रदेश २ सरकारले आफनै प्रदेश प्रशासनिक अधिकारी राख्ने तैयारी शुरु गरेको हो ।

शुक्रबार सम्पन्न प्रदेश २ मन्त्री परिषद बैठकले प्रदेश प्रशासन सम्बन्धि विधेयकलाई सैद्धान्तिक सहमति दिएको छ । उक्त विधेयक प्रदेश सभाबाट पारित भएपछि प्रदेश सरकारले जिल्लाहरुको शान्ति सुरक्षा कायम गर्नुका साथै प्रदेश प्रहरीलाई परिचालन समेत गर्ने गरी ८ वटै जिल्लामा आफनै प्रशानिक अधिकारी राख्ने बाटो खुला हुने छ ।

मन्त्री परिषदको आजको बैठकले प्रदेश प्रशासन सम्बन्धि ऐनका साथै प्रदेश वन सम्बन्धि ऐन, प्रदेश उद्योग सम्बन्धि ऐन, प्रदेश पर्यटन सम्बन्धि ऐन समेतलाई सैद्धान्तिक सहमति दिएको छ ।

Back to top