×

वीरगंज २४ फागुन । नेकपा नेता एवं वीरगंज राजधानी संर्घष समितीका सह संयोजक राजकुमार गुप्ताले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आफना अभिव्यक्ति सच्चाउन आग्रह गर्नुभएको छ । सह संयोजक गुप्ताले देउवा र सह संयोजक बिमलेन्द्र निधिको अभिव्यक्ति गैर जिम्मेवारीपुर्ण र द्धन्द निम्त्याउने खालको भएको आरोप समेत लगाउनुभयो । पुर्व सांसद समेत रहेका नेता गुप्ताले नेपाली काँग्रेसले भन्दैमा प्रदेश २ को नाम मिथिला र कामकाजी भाषा मैथिली नहुने ठोकुवा गर्नुभयो । एजेण्डा बिहिन काँग्रेसले मधेसी जनतालई भ्रमित पार्न बेमौसमी बाजा बजाउन लागेको बताउनुभयो । ८ जिल्लामा सर्वमान्य भाषा र नाम मात्र आफुहरुलाई मान्य हुने भन्दै नेता गुप्ताले जबरजस्ती भाषा र सस्कृति लादन खोजिए बारा ,पर्सा ,रौतहटका जनता बिकल्प खोज्न बाँध्य हुने चेतावनी दिनुभयो । मधेस आन्दोलनको साख जोगएको वीरगंजमा माथि नेपाली काँग्रेसले षड्यन्त्र गरेको बताउदै काँग्रेसले प्रदेश २मा अस्थिरता ल्याउन खोजेकोे आरोप समेत लगाउनुभयो । फागुन १९ गते जनकपुरमा पत्रकार भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश २ को नाम ’मिथिला’ र भाष ’मैथिली’ हुनुपर्ने बताएका थिए । त्सैगरी पत्रकार भेटघाटमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि प्रदेश २ मा कामकाजी भाषा मैथिली र प्रदेशको नाम मिथिला राख्न सुझाव दिए ।

Back to top