×

वीरगंज, २२ फागुन । जगदम्भाले सिमरामा नयां उधोग स्थापना गर्न लागे पछि त्यसलाई रोक्न उपमहानगरपालिका संग माग स्थानियले माग गरेका छन । उधोगले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा दक्षिण एसियाकै ठुलो जस्ता पलाण्ट स्थापना गर्न लागेकोले त्यसलाई रोक्न माग गरेका हुन । जगदम्बा स्टील प्रा.लीले अत्यधिक प्रदुषष गरेको भन्दै पटक पटक आन्दोलन गदै आएका स्थानिय एसियाकै सबैभन्दा ठुलो जस्ता पलान्ट स्थापन गर्न सुरु गरेपछि आतंकित भएर स्थानियको हस्ताक्षर सहित नयां पलाण्ट स्थापना गर्ने कार्य रोक्न माग गदै उपमहानगरपालिकामा निबेदन दिएको साबिक पिपरा सिमरा गाबिसका पुर्व अध्यक्ष भोला अधिकारीले बताउनु भयो । सिमरामा रहेको उधोगले अत्यधिक प्रदुषण गदै आइरहेको र प्रदुषणका कारण सिमरामा बिभिन्न खालका रोगका प्रकोप देखा परेकोले बसोबास क्षेत्रमा नयां उधोग स्थापनामा रोक लगाउनु पर्ने उपमहानगर संग माग गरीएको सिमराका सामाजिक अगुवा मनोज पौडेललेबताउनु भयो । अहिले रहेको उधोगबाट सिमरामा बस्न नसकिने अवस्था छ थप उधोग स्थापना गरीएमा सिमरा क्षेत्रको बस्तिका नागरीकको स्वास्थ्यमा गम्भिर प्रभाव पर्ने भएकोले स्थापनामा रोक लगाउन पत्रमा माग गरीएको छ । स्थानियको हस्ताक्षर सहितको पत्र जितपुर सिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पोडेललाई साबिक पिपरा सिमरा गाबिसका पुर्व अध्यक्ष भोला अधिकारीले,समाजसेबि मनोज पौडेल लगायतले बुझाउनु भएको थियो । स्थानियको पत्र बुझदै नगरप्रमुख डा.पौडेलले मानव बस्तिमा उधोग स्थापना हुदा नागरीकलाइ समस्याहुने आफुले महसुस गरेको भन्दै यस बिषयमा छीटै केहि गर्ने बताउनु भयो । अवसरमा उपप्रमुख सरस्वती देबि चौधरी,प्रमुख प्रशासकिय अधिकृत शिबराज सेढाइ,साबिक जितपुर गाबिसका पुर्व अध्यक्ष देबनारायण चौधरी,नारायण घिमिरे,रमेस पौडेल, स्थानिय कर्ण बोगटी,राजेन्द्र गौतम,सन्चारकर्मी अनिल तिवारी,रन्जन यादब लगायतको उपस्थिती रहेको थियो ।

Back to top