×

बीरगंज,१९ फागुन । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम सांसद प्रदीप यादवले सखुवाप्रसौनी गाउपालीकामा आफनो पहल कदमीमा ५० सैयाको अस्पताल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

प्रदेश सरकारको बेटी पढाई बेटी बचाई अभियान अन्तर्गत सखुवाप्रसौनी गाउपालीकाले आयोजना गरेको साईकल वितरण कार्यक्रममा बोल्दै सांसद यादवले पर्सा जिल्लाको विकास निर्माणमा आफु कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । स्वास्थ्य मंत्रालय संग यहा रहेको पुरानो अस्पताल लाई स्तर उन्नति का लागी विषेश पहल गर्नुका साथै प्रक्रियागत रूपमा ५० सैय्याको नया अस्पताल भवन बनाउन मांग गरेर सखुवाप्रसौनी गाउपालीकाले उपलब्ध गराउने जग्गामा आफनो विषेश पहल कदमीमा अस्पताल भवन निमार्ण गर्ने प्रतिबद्धता जनाए । सखुवाप्रसौनीमा संचालनमा रहेको बर्थींग सेन्टरका लागी निकट भविष्यमै १ वटा एम्बुलेंसको व्यवस्था गर्न लगाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । ११ कक्षा पास गरेको १० जना छात्राहरुलाई सखुवाप्रसौनी गाउपालीकाको सहयोगमा साईकल वितरण गर्दै सांसद यादवले छोरीहरुको उज्जवल भविष्यका लागी प्रदेश सरकारले सुरू गरेको अभियान लाई सबैले आ-आफनो ठाउबाट सक्दो सहयोग गर्नुपर्ने धारणा राख्नु भयो । सांसद यादवले पार्टीको महाधिवेशन तयारी सम्बन्धि संखुवाप्रसौनीमा भएको छलफल बैठकमा अहिलेको सरकारको गतिविधिका बारेमा आफनो धारणा राखेका थिए । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य विरेन्द्र यादवले आन्दोलनको मर्म र भावनाका बारेमा आफनो विचार राखेका थिए भने जिल्ला सह इन्चार्ज रामनरेश यादवले संगठन संरचनाका बारेमा आफनो विचार व्यक्त गरेका थिए । कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले अधिवेशनका प्रकिया बारेमा आफनो विचार राखेका थिए । बैठक ईकाई तदर्थ समितिका संयोजक भुलन हवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Back to top