बारामा विद्यालय नै बन्द गरेर एक सातादेखि महायज्ञ र मेला,विद्यालय हो कि धर्मशाला ?

522


बारा १८ फागुन । कही नभएको जात्रा हाडीगाउमा भन्ने उखान बाराको सामुदायिक क्षेत्रको शिक्षामा जारी रहेको छ । कुनैपनि काममा विद्यालय भवन र विद्यालय क्षेत्रभित्र रहेको जग्गा प्रयोग गरी विद्यालयमा शिक्षालाई बाधित गर्ने काम हुदै आएको छ । विद्यालय नै बन्द गरी मानिसहरु महायज्ञ र मेलामा रमाएका छन् । कुरा कलैया उपमहानगरपालिका–१८, पतौरास्थित गढीमाई नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको हो । विद्यालय नै बन्द गरेर एक सातादेखि महायज्ञ र मेला लगाइएको छ । विद्यार्थीहरुको बार्षिक परीक्षा नजिकिएपनि न त अभिभावकलाई मतलब छ न त सरोकारवाला निकायलाई । विद्यालय बन्द गरेर महायज्ञ र मेला लगाइएको हो । सातादेखि विद्यालय बन्द रह“दा शिक्षा विकास तथा समन्वय इकाई र कलैया उपमहानगरपालिकालाई यसबारे जानकारी नभएको पाइएको छ । कलैया उपमहानगरपालिका अन्तर्गतका शिक्षा फाटका प्रमुख प्रहलाद बर्णवालले विद्यालयमा छुटी दिइएकोबारे आफ्लाई थाहा नभएको जनाउदै यस समबन्धमा अनभिज्ञता प्रकट गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडाध्यक्ष, प्रअ र गाउलेको सहमतिमा विद्यालय बन्द गरेर मेला लगाइएको हो । गत फागुन १० देखि महायज्ञ सञ्चालनमा आएको हो । महायज्ञसंगै विद्यालयमा मेला लागिरहेको छ । यसको अनुगमन गर्ने कुनै निकाय नभएको महसुस गरिएको छ । विद्यालय आउदो २१ गतेसम्मको लागि छुट्टी दिइएको छ । छुट्टी गरेर मेला र यज्ञको आयोजना गरिएको हो । यतिले मात्र नपुगेर विद्यालयको प्राङगणमा बनाइएको मञ्चवाट दिनभरी माइकको आवाज र पंडितहरुले कथावाचन गरिरहेका छन् । विद्यालयमा अपठयारो भई विद्यार्थीको पठनपाठन अवरुद्ध रहेको हो । पंडाल र मञ्च बनाउन विद्यालय भवनको अगाडीपट्टीको भवनलाई नै छेकिएको छ । मेलामा गाउ“ले र विद्यार्थी रमाइरहेको देखिन्छन । विद्यालयका १ सय विद्यार्थीहरु रहेका छन् । विद्यालय छुट्टी भएर गाउ“मा मेला लागेको हो । यसले अभिभावकहरु खुशी रहेका छन् । शिक्षक र विद्यार्थीहरु पनि छुट्टीले रमाएका हुन् । विद्यालयका प्रधानाध्यापक शिवनन्दन ठाकुरले विद्यालयमा मेला समितिको आग्रहमा विद्यालय बन्द गरिएको जनाए । वडाध्यक्ष अम्बिकाप्रसाद यादवलाई जानकारी गराएर विद्यालय बन्द गरिएको उनको कथन छ । गाउ“लेको सहमतिले यज्ञ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज पटेल बताउछन् । सामुदायिक विद्यालयमा यस्तो भइदिदा स्थानीय समुदाय खुशी नैछन् । भाग्य भरोसामा सामुदायिक शिक्षा चलिरहेको स्पष्ट छ । प्रदेशमा गुणस्तरीय शिक्षा हुनुपर्छ भन्ने अभियान चलिरहदा यस्तो किसिमको शिक्षाले कति मापदण्ड पुरा गर्छ त्यो सोचनीय रहेको छ । विद्यालय शान्ति क्षेत्र हो भन्ने अभियान चलाउनेहरुको यसतर्पm ध्यान जान आवश्यक रहेको छ । विद्यालयमा भइरहने यस्तो गतिविधिले गुणस्तरीय शिक्षाको कल्पना समेत गर्न नसकिने शिक्षाप्रेमीहरु बताउछन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here