×

वीरगंज, फागुन ७ - ६९ प्रजातन्त्र दिवसको अवसरमा मंगलबार नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति पर्साले वीरगंजस्थित मानवसेवा आश्रममा खाद्य सामग्री वितरण गरेको छ ।

नेवि संघका पर्सा जिल्ला संयोजक विकास तिवारीको अध्यक्षता तथा नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलामको प्रमुख आतिथ्यमा आश्रमको प्रांगणमा एक कार्यक्रम आयोजना गरि संघले आश्रममा रहेका आमा-बुवा तथा बालिबालिकाहरुलाई फलफुल तथा दिवा खाज वितरण गरेका हो ।

कार्यक्रममा बोल्दै कोषाध्यक्ष आलमले नेपालमा प्रजातन्त्र स्थापान गर्न नेपाली कांग्रेसको सबैभन्दा ठुलो भूमिका रहेको बताए । उन्ले विपी कोइरालालगायात नेपाली कांग्रेसका अन्य नेताहरुको बलिदानी र योज्दानले नेपाल आज एक प्रजातन्त्र मुलुक बनेको भने ।

आलमले मानवसेवा आश्रमले अस्ली मानवीय कार्य गरिरहेको बताउदै सबैलाई आश्रमलाई सहयोग गर्न आग्रह गरे । उन्ले आगामी दिनहरुमा आफुले आश्रमलाई हरेक सम्भव सहयोग गर्न प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता राकेश यादव, सृकान्त यादव, बालिस्तर एहमद, नेवि संघ ठा.रा.ब. क्याम्पस एकाई कमिटिका अध्यक्ष मनोज साह, क्षेत्र नं. १ का पुर्व क्षेत्रीय सभापति देव प्रकाश पटेल, २ का रञ्‍जित पटेल, ३ का चन्दन सहनी, प्रदेश सदस्य सरोज चौरसिया, रोशन सिंह, साबिर हुसेन, समिर मन्सुरी, तृलोकी साह, आमिर अलि, केसब मिश्र, वाल्मीकि, यादव, रमेश यादवलगायतको उपस्थिती रहेको थियो ।

Back to top