×

वीरगंज, फागुन ७ - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन पर्सा र अखिल क्रान्तिकारी पर्साले आज ठाकुर राम बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष घेराउ गरेको छ ।

नेपाल कम्य्निस्ट पार्टी (नेकपा)निकट दुवै संगठनहरुले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन गराउनका लागि आवश्यक माहोल तैयार पार्ने दवाव सृजना गर्न क्याम्पस प्रमुखको कार्यक्ष घेराउ गरेको हो ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीको पुर्व घोषित कार्यक्रम अनुसार आज देशैभरका स्ववियु चुनाव हुने क्याम्पसका प्रमुखहरुको कार्यकक्ष घेराउ गर्ने कार्यक्रम रहेको छ ।

घेराउ कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय सदस्य शिवम साह, इशक कुमार, अनेरास्ववियुका जिल्ला अध्यक्ष रामबाबु यादव, अनेरास्ववियू ( क्रान्तिकारी ) जिल्ला संयोजक मित्रदेव यादव , क्रान्तिकारीकै ठा.र.बा एकाइ अध्यक्ष मेराजुल हवारी, नसिम अकतर, अकलेस साह, रामबाबु मन्डललगायतको उपस्थित रहेको थियो ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियू निर्वाचन तोकेको समयमा नगरीए झन् कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

Back to top