×

वीरगन्ज ६ फागुन । घोडासहनको उच्च विधयालयको प्रागणमा मिडीया फाँर बोर्डर हार्मोनीले आयोजना गरेको नेपाल भारत मैत्री संवाद कार्यक्रमको उदघाटन गरिएको छ ।

मिडीया फाँर बोर्डर हार्मोनीले आयोजना गरेको नेपाल भारत मैत्री संवाद कार्यक्रममा भारतका सासद रमा देवी,नेपाल सरकारको भौतिक पुर्वाधार यातायात विकाश राज्य मंत्री डा. डिम्पल कुमारी झा, पर्सा क्षेत्र नं. १ का सासद प्रदीप यादव,संजय कुमार ठाकुर, पुर्व राजदुत त्रीभुवन विश्व विधालयका प्राध्यापक विजय कान्त कर्णको आथितवमा नेपाल भारत नामक पुस्तक रिश्तेको विमोचन गरेका थिए ।

नेपाल भारत विच आदिकालदेखि स्थापित सास्कृथिक,प्राकृतिक,धार्मिक र बेटी रोटी सम्बन्धमा पर्सा क्षेत्र नं. १ का सासद प्रदीप यादवले आफनो धारना राखेका थियो । कार्यक्रमको एक विच सासद प्रदीप यादवलाई सम्मान गरिएको थियो ।

मिडीया फाँर बोर्डर हार्मोनीको केन्दिय अध्यक्ष पत्रकार अमरेन्द्र तिवारीको अध्यक्ष्तामा कार्यक्रममा नेपालबाट पत्रकार राम सर्राफ,रितेश त्रिपाठी लगायतको सहभागीता रहेको थियो ।

https://www.facebook.com/yatradaily/videos/314728206059367/?t=14

Back to top