नेपालको शैक्षिक क्षेत्रमा जुन किसीमले विकास हुनुपर्ने हो त्यो अनुसार विकास भएको छैन : प्रध्यापक डा. शाक्य

215

स्व. गोपाल बहादुर शाक्य र देवामाया शाक्यका तीन जना छोरा मध्ये कान्छो छोरा हुन् डा. दीपक शाक्य ।वीरगन्जवासीको लागि नयाँ नाम भने पकै होइन । ५ जना दिदी बहिनीमा एक जना म भन्दा कान्छी बहिनी छन् । अरु मभन्दा जेठी दिदीहरु र अरु दाइ हुन् उनले भने । बाजेको पारिवारिक अवस्था राम्रो भए पनि विभिन्न कारणले बुवाको पालामा हाम्रो पारिवारिक अवस्था समान्य थियो । म समान्य पारिवारिक अवस्थामा हुर्केको हुँ । पढाइमा अति उच्च श्रेणीको नभए पनि तेस्रो चौथो हुँदै २०३३ सालमा वीरगंजको माईस्थान विद्यापीठबाट एस एल सी पास गरेका डा. शाक्यको जन्म २०१७ साल चैत्र २० गते भएको बताए । मगद युनिभरसिटी गया, भारतबाट पि एच डि गरेका डा. शाक्यले पढने क्रममा आफु शिक्षक बन्छु भनेर कहिले नसोचेको उनले बताए । सुरुमा डाक्टर वा ईन्जिनियर बन्ने सोचेको थिए । तर एस एल सी पश्चात पारिवारिक अवस्थाका कारण व्यवस्थापन संकाय पढे । उनले थपे, व्यवस्थापन संकाय पढ्ने बेलामा पनि म म्यानेजर बन्ने सोचेको थिए । तर म शिक्षण पेशामा लागें र त्यसैबाट आज यहाँ पुगेको छु । २०४३ सालदेखि ठाकुरराम बहुमुखि क्याम्पसमा पढाईरहेको छु । विगत १७/१८ बर्ष यता साथीहरु मिलेर वीरगन्जमा वीरगन्ज पब्लिक कलेजको नामले अर्को नीजि विद्यालय पनि संचालन गर्दै आएका छौं । यसमा पनि विद्यार्थीको भविष्य राम्रो बनाउन प्रयासरत छौं । शिक्षा क्षेत्रमा निरन्तर लागि रहेका उनै डा.शाक्यसँग गरेकाे कुराकानी :

१) वर्तमान अवस्थामा उच्च माध्यमिक विद्यालयको शैक्षिक अवस्था यहाँले कस्तो पाउँनु भएको छ ?

नेपालको शैक्षिक क्षेत्रमा जुन किसीमले विकास हुनुपर्ने हो त्यो अनुसार विकास भएको छैन । अहिले उच्च माध्यमिक विद्यालयमा बीबीए, एमबीए, अथवा बी.आई.एम जस्ता प्रोफेशनल कोर्षहरु आईसकेका छन् । तर यसलाई अधिराज्य भरी पु¥याउन सकिएको छैन । अधिराज्य भरीमा अहिले बीबीए कोर्ष नै प्रख्यात (पोपुलर) रहेको छ । नेपालमा त्यो अनुसार उच्च शिक्षामा कोर्षहरुको विकास गर्न सकिएको छैन । तर पहिला भन्दा अहिले शिक्षामा हामी धेरै माथि आईरहेका छौ । शिक्षाको गुणस्तरीयतामा अभिबृद्धी भई शैक्षिक स्तर बढिरहेको छ ।



२) उच्च माध्यमिक विद्यालयको भौतिक अवस्था यहाँले कस्तो पाउँनु भएको छ ?

हाल सरकारी र निजी क्यामपस गरी दुई किसिमले भौतिक अवस्था छ । ठुला पूर्वाधारको कुरा गर्दा सरकारी क्याम्पसको भौतिक पूर्वाधार धेरै राम्रो छ । जस्तैः वीरगंज स्थित ठाकुरराम बहुमुखी क्यामपस २६/२७ विग्हामा छ । क्याम्पसको बिल्डिङ्ग, लाईब्रेरी, बगैचा लगायत सबै व्यवस्थापन राम्रो छ । यसको तुलनामा निजी क्याम्पसको भौतिक पूर्वाधार खासै छैन । तर व्यवस्थापन र उत्पादनको हिसाबले निजी क्यामपस राम्रो छ । यस अनुसार सरकारी क्याम्पसले भौतिक पूर्वाधारको विकास गर्न सकेको छैन ।
३) विभिन्न वाहानामा स्कुल, कलेज बन्द गरी शैक्षिक क्षेत्र प्रभावित गर्ने परिपार्टीलाई यहाँले कुन रुपमा लिनुहुन्छ ?

यो शैक्षिक संस्थालाई बन्द गर्ने परिपार्टी नभई, शैक्षिक संस्था कमजोर गर्ने परिपार्टी हो । यसमा मुख्यतः सरकारको निती र नियतमा परिवर्तन ल्याउनु पर्छ । कुनै देशको मेरुदण्ड भनेको शिक्षा हो र शिक्षा प्रमाणपत्र लिने मात्र नभई गुणस्तरीय हुनुपर्छ । हाम्रो देश र समाजको लागी आज कस्तो किसिमको शिक्षाको आवश्यकता छ भने कुरालाई सरकारले मुल्याङकन र छनौट गर्न सकेको छैन ।

अहिले शिक्षामा सबैभन्दा बढी राजनीतिकरण भएको छ । एक त शिक्षामा सरकारको गतिलो नीति नभएको र शिक्षामै राजनीतिकरण भएकोले हाम्रो देशको शिक्षा अति नै कमजोर भएको छ । अहिले भारतको दिल्लीकमा केजरीवाल सरकारले शिक्षालाई नै बढि प्राथमिकता दिएको र शिक्षामा आमूल परिवर्तन गरेको छ । जसले त्यहाँको समाजमा विकास र सिद्धान्तको राम्रो वातावरण भनेको छ । त्यस्तै हाम्रो देशमा पनि बन्नु पर्छ ।

४) शिक्षकहरु राजनीति गरेकोले शैक्षिक क्षेत्र प्रभावित भएको छ भनेर जानकारहरु बताउँछन । तपाई यस्मा के भन्नु हुन्छ ?

शिक्षकलले राजनीति गर्दैन । शिक्षकसंग यहाँका राजनीतिक दलले नै राजनीति गराउँछन । हामीले शिक्षकहरु राजनीति गर्छन भनेर भन्छौ तर सम्पूर्ण शिक्षक संगठन राजनीतिक संगठनकै भातृ संगठन रहेको छ । राजनीतिक दलले आफ्नो भातृ संगठनलाई खारेज गरे भने शिक्षक संगठन त आफै खारेज हुन्छ ।

राजनीतिक दलले शिक्षकहरु राजनीति गरेको भनेतापनि राजनीतिक दलले त्यही शिक्षकको परिचालन गरि शिक्षमा राजनीति गराउँछन । यदि साचिकै राजनीतिक पार्टीले शिक्षालाई मन्दिर बनाउनु छ भने शिक्षक संगठन वा शिक्षाको जति पनि भातृ संगठन छ त्यसलाई शिक्षा सम्बत मात्र सिमित राखौ । त्यसमा राजनीतिको भातृ संगठन नबनाऔ । त्यसपछि आफै राजनीति कम र शिक्षामा सुधार आउँछ ।

५) बिपीसी क्याम्पसले कम समयमै बढि सफलता हासिल गर्न सफल हुनुको श्रेय कसलाई दिनु हुन्छ ?

कुनै पनि क्याम्पस एउटा लक्ष्य लिएर संचालन भएको हुन्छ । त्यस प्रति संचालकहरुको पनि प्रतिबद्धता हुनुपर्छ । गुणस्तरी व्यवस्थापन शिक्षा र मिति व्यय हितमा अध्ययन गराउने लक्ष्य लिएर मैले बिपीसी क्याम्पस संचालन गरे ।मध्यम वर्गीय परिवारलाई मितव्ययीतामा व्यवस्थापनसंग राख्ने मेरो सोच थियो । किन भने वीरगंज एउटा व्यवसायिक क्षेत्र हो र व्यवसायिक क्षेत्रमा जनशक्ति भनेको व्यवसायिक विज्ञहरु चाहिन्छ । त्यही उदेश्य लिएर मैले बिपीसी क्याम्पस स्थापना गरे । अरु कुनै एजुकेशन, टेकनिकल वा साईन्सतिर ध्यान नदिई मैले क्याम्पस संचालन गरे ।

यदि मैले साईन्स खोलेको भए यो भन्दा चौबर पैसा कमाएको हुन्थे । तर मैले जहिले पनि अरु साईन्स, एजेकेशनको क्याम्पसलाई सहयोग गर्दै व्यवस्थापन संकायमा नै सिमित रहे । अहिले प्राय ब्यतिmले प्रयोगात्मक भन्दा पनि सौद्धान्तिक पढाई हुने भयो । प्रयोगात्मक गर्दा धेरै पैसा लाग्छ, हामीसंग अनुभव छैन, यहाँको विद्यार्थीहरुको त्यस्तो सोच छैन, स्रोत साधनको अभाव जस्ता नाकारात्मक कुरा थियो । तर हामीले शिक्षकहरुको काम गर्न सक्छौ भनेर वीपिसी क्याम्पसले सौद्धान्तिकलाई कसरी मितिव्ययीतामा प्रयोगात्मक बनाउन सकिन्छ । जस्तै, तालिम, सेमिनार, वर्कशप, केश स्टडिज, इन्डस्ट्रियल भिजिटहरु, आदि कुरामा हाम्रो मिहेनत पर्छ तर पैसा पर्दैनन् । त्यसकारण त्यो कुरालाई हामीले सुरुवात ग¥यौ । यसमा विधार्थीहरुले पढाईको साथसाथै व्यवहारिक ज्ञान पनि प्राप्त गर्न थाले । जब सौद्धान्तिक पढाई र व्यवहारिक ज्ञान मिल्छ त्यसैबाट नै मान्छे व्यवसायिक हुने हो । त्यसकारण वीपिसि क्याम्पसको उत्पादन राम्रो भएकाले विधार्थीहरु दक्ष भएर निस्के र बैक, उद्योग धन्धा जस्ता ठाउँको तयारी गरी नाम निकाल्न सफल हुनुको साथै आफ्नो व्यक्तिगत व्यापार व्यवसायमा पनि राम्रो गर्न थाले । विपिसी क्यामपसको यो उत्पादन नै यसको आकर्षण हो पढाई होईन ।

वीपिसिमा पढेका विधार्थीहरु व्यवसायीक हुन्छन । यहाँबाट पढेका विधार्थीहरु कुनै पनि क्याम्पस वा कुनै ठाउँमा जागिरको लागी जाँच दिन जाँदा प्रतिस्पर्धा गर्न सक्छन भन्ने मान्छेको विश्वास छ । काठमान्डौ, दिल्ली वा अन्य कुनै बाहिर ठाउँमा नगई आफ्नै गाउँ, ठाउँमा रहेर वीपिसी क्यामपसबाट नै व्यवसायीक र मितिव्ययीतामा शिक्षा हासिल गर्न सकिन्छ भने कुरा यहाँका उत्पादनले देखाएको छ । यो हामीले मात्र होईन १ हजार २ सय ७२ वटा क्यामपसमा ब्यवस्थापन बीबीएस, एमबीबीएस, एमबी, बीबीए, एमबिएस यी पाँच वटामा प्रदेश नम्बर २ कै उत्कृष्ट क्यामपस भनेर पुरस्कार पनि वीपिसि क्यामपसले पायो । यो सबै वीपिसि क्यामपसमा विधार्थी तथा अभिभावकको माया र आकर्षण हो ।

६) यहाँसम्मको सफलता हासिल गर्न के कस्तो चुनौतिको सामना गर्नु प¥यो ?

यसमा विधार्थी, अभिभावक र वीरगंंज वासीहरुको ठुलो सहयोग छ । सहयोग गर्नको लागी पढेर मात्र हुदैन । यो क्षेत्र पढाईको बातावरण अलि कमजोर छ र हाम्रो अभिभावकहरु शैक्षिक रुपमा त्यती पढेलेखेका छैनन् । हाम्रो समाजको संजाल र संस्कृती पुरानै परम्परामा हिडेकोले बढि चुनौति पनि थियो । तर हामीले आधुनिक पढाईको साथ साथै परम्परलाई अङगाल्दै समय सापेक्ष रुपान्तरित गर्दै विधार्थीहरुलाई पढाउने परम्पराको विकास गर्ने भएकोले विधार्थी, अभिभावक र सहयोगीहरु समेत खुसी छन्् । किन भने हामी आफ्नो विधार्थीहरुलाई बनाउनको लागी अहोरात्र खटेर सोचेको कुरालाई सफल गरेर देखायौ र अहिले पनि लागेकै छौ । मिेहेनत गरे जे सुकै काम पनि गर्न सकिन्छ भन्ने कुरा हामीले प्रमाणित गरेर देखायौ ।

७) विपीसी क्याम्पसलाई अझै अगाडी बढाउन के कस्तो रणनीति बनाउनु भएको छ ?

यदि कुनै पनि विधार्थी ब्यवस्थापन पढ्न चाहन्छ भने आईकम देखि मास्टर डिग्रीसम्म उसले चाहेको बिबिए, एमबिए, सिए जस्ता विषयलाई पढन बाहिर नगई आफ्नो घरमा आमाबुवासंगै बसी घरको तातो न्यानो भात खाएर पढ्न सक्ने वातावरण बनाउने हाम्रो लक्ष्य रहेको छ । त्यही लक्ष्य अनुरुप हामीले ब्यवस्थापनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय युनिभर्सिटीहरुसंग सहकार्य गरेर समय सापेक्ष कस्तो तरिकाले पढाउने पढाईको विकास भयो भने कुरालाई वीरगंज मै सुरुवात गरेका छौ । आउने दिनहरुमा यस्ता विभिन्न ठुल–ठुला क्यामपस तथा युनिभर्सिटीसंग सहकार्य गरेर त्यो व्यवसायिक पढाईलाई वीरगंजमा नै सुरुवात गर्ने योजना बनाएर वीपिसि क्याम्पसलाई अगाडी बढिरहेका छौ । त्यसमा धेरै सफल पनि भएका छौ । अबको पाँच वर्षभित्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दिईने शिक्षा यहाँका स्थानीय विधार्थीहरुलाई आफ्नै सहर, गाउँठाउँमा दिन सक्ने प्रतिवद्धताका साथ हामी अभियानमा लागेका छौ ।

८) यहाँको क्याम्पसको राम्रो पक्ष र भावी योजना चाही के छ ?

विधार्थीहरुलाई मितव्ययीतामा शिक्षा दिएर उनीहरुको क्षमता अनुसार नै गुणस्तरीय पढाई कसरी गर्न सकिन्छ ? विधार्थीहरुलाई किताब र कक्षाकोठामै मात्र सिमित नराखी राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा कस्तो किसिमको खुल्ला बातावरणमा हामी आफ्नो विधार्थीहरुलाई वडा स्मार्ट विधार्थी बनाउन सकिन्छ भने अवधारणा अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय शिक्षा दिने रोड म्याप बनाएर अगाडी बढिरहेका छौ ।

९) यहाँको क्यामपसमा भएका विधार्थीहरुले सजिलै बुझ्न सक्ने के कस्तो किसीमको शिक्षा दिदै आईराख्नु भएको छ ?

पढ्ने मात्र विधार्थी हुदैन र पढाउने मात्रै शिक्षक हुदैन । असल विधार्थी पढ्ने होइन सिक्ने चाहना राख्नु पर्छ र असल शिक्षकले पढाउने होइन सिकाउने चाहना राख्नुपर्छ । वीपिसि कलेजका शिक्षकहरुले जहिले पनि कसरी पढाउदा विधार्थीहरु सिकेर आफ्नो भविष्य बनाउन सकोस भने उदेश्यले हामीले पाठ्यक्रम लगायत सबै कुराको विकास गरेका छौ । त्यसकारण किताबको साथै व्यवहारिक ज्ञान, पढ्ने तरिका, जाँच दिने तरिका, कुन बेलामा पढ्ने र कुन विषयलाई कसरी पढ्ने बारेमा विधार्थीहरुलाई तालिम समेत दिने गरेका छौ । राम्रो विधार्थी हुनको लागी उसको व्यक्तित्व कस्तो हुनु पर्छ र पढिसकेपछि समाजमा विक्नको लागी व्यवहारिक ज्ञान कस्तो हुनु पर्छ भने कुरालाई सिकाई रहन्छौ, जसले हाम्रो विधार्थीहरु बीबीए, मास्टर डिग्री गरेर निस्किदा कुनै पनि प्रतिस्पर्धामा व्यवहारिक, प्राविधिक र सौद्धान्तिक रुपमा पूर्ण भई सफल हुन्छन ।

१०) विधार्थीको सफलताको लागी अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?

पढाई राम्रो हुनको लागी स्वयम विधार्थी, त्यसलाई सहयोग गर्ने गुरुवर्ग र अभिभावक यी तिन जनाको भूमिका महत्वपूर्ण हुन्छ । तर प्रदेश नम्बर २ मा यसतर्फ अभिभावकहरु त्यति सचेत भएको देखिदैन । विधार्थीहरुको शिक्षाको अवस्था राम्रो बनाउनका लागी हामीले जहिले पनि अभिभावकहरुसंग अन्तरक्रिया गरेर क्याम्पसमा हुने क्रियाकलापमा समेत अभिभावकहरुलाई उपस्थिति गराउने र हामीले गरेको क्रियाक्लापलाई पनि अभिभावकसंग सेयर गरेका छौ । क्याम्पस बाहेक विधार्थी घरमा जाँदा के गर्दैछ, कति बजे घरमा आईरहेको छ, कस्तो सङ्गत छ, मोबाईल चलाई रहेको छ भने मोबाईलमा के चलाईरहेको छ, खान्छ भने के के खान्छ । यी सबै कुरामा अभिभावकको पनि भूमिका हुन्छ किन भने विधार्थी हामी कहाँ ४÷५ घण्टा मात्र हुन्छ, बाकीको समय भने उ घरमै हुन्छ । त्यसकारण छोराछोरीको पढाइर्को स्तरीयता, गुणस्तरता बृद्धि र उनीहरुको पढाई प्रति सम्बेदनशिलता बनाउनको लागी अभिभावकको पनि भूमिका धेरै हुन्छ ।

११) प्रदेश नम्बर २ को शिक्षामा सुधार ल्याउन प्रदेश सरकारको भूमिका कस्तो हुनुपर्छ ?

लोकतन्त्र र गणतन्त्र पछिको नयाँ लोकतान्त्रिक संविधानले राज्यलाई स्थानीय, प्रदेश र संघीय सरकार गरी तिन तहमा बाडेको छ । माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारले पाएको छ भने उच्च शिक्षालाई हेर्ने कानुन त बनेको छैन तर मौखिक रुपमा प्रदेश सरकारले जिम्मेवारी पाएको छ । प्रदेश नं. २ लाई मात्र होइन सातै वटा प्रदेशको विकासको लागी पहिलोे आधार शिक्षालाई बनाउनु पर्छ । शिक्षाले नै प्रदेशको विकास हुन्छ । पैसा र श्रोतले हुने होईन । जबसम्म शिक्षा गुणस्तरीय र प्रभावकारी हुदैन तबसम्म कुनै पनि क्षेत्रको विकास हुदैन । उदाहरणको लागी भारतको दिल्ली सरकारले सबैभन्दा बढि बजेट शैक्षिक क्षेत्रमा नै लगानी गर्छ र आज दिल्ली सरकारमा कुनै कुरा सफल भएको छ भने त्यो शिक्षा हो । शिक्षाले गर्दा त्यहाँको हरेक पक्षमा प्रभाव देखिएको छ ।

प्रदेश नम्बर २ को शिक्षाको निती, वातावरण अन्य प्रदेशको तुलनामा पहिलादेखि नै खस्किएको छ । अहिले पनि विधार्थीहरु परीक्षा दिन जाँदा अभिभावकहरु चिट पु¥याउन जान्छन । अभिभावकहरुले जसरी भए छोराछोरीलाई पास गराउने सोच पहिलादेखि नै विद्यमान छ । पढाईमा भन्दा अन्यतिर लगानी छ । पढाईमा लगानी गर्नु भनेको खर्च हो जस्तो उनीहरुको मानसिकता छ । अभिभावकहरुको यो भावना अहिलेसम्म परिवर्तन हुन सकेको छैन । स्कुल राम्रो भएर मात्र हुदैन । जबसम्म शैक्षिक जनजागरण हुदैन तबसम्म हाम्रो विकास हुन सक्दैन । त्यसकारण प्रदेश नम्बर २ को सरकारले शिक्षा नीति बनाई राम्रो बजेट दिएर शिक्षामा प्राविधिक, कृषि र व्यवसायीक शिक्षालाई अगाडी बढाउन आवश्यकता अनुसार पूर्वाधार, स्कुल, क्यामपसको स्थापना गर्नुपर्छ । यो प्रदेशको मुख्यमन्त्री पनि सजग हुनुहुन्छ र वहाँ एउटा बैद्धिक व्यक्ति भएकाले अहिले प्राविधिक शिक्षामा छ । तर प्राविधिक शिक्षाको संगसंगै टेक्निकल शिक्षा, कृषि शिक्षा र व्यवसायीक शिक्षालाई पनि अगाडी पढाउनु पर्छ । अहिले जसरी छोरीलाई पढाउने अभियान प्रदेश सरकारले चलाएको छ त्यसरी नै छोराछोरी पढाई सम्बृद्ध बनाउ भन्ने नाराका साथ शिक्षामा नीति र नियत शिक्षाको लागी स्पष्ट पारेर हातोमाले गर्दै ग¥यो भने २ नम्बर प्रदेशलाई शिक्षाको विकासकै आधारमा अन्य कृषि, संस्कृतिक, धार्मिक सबै कुरामा यसको प्रभाव सकारात्मक पर्छ ।

१२) प्रदेश नम्बर २ को शैक्षिक अवस्था भद्रगोल छ, यसमा कुनै सुधार नै नगरी निश्चित समुदायको उत्थानको लागी ल्याईएको मदार्शा शिक्षा बोर्डलाई यहाँले कुन रुपमा लिनुभएको छ ?

शिक्षालाई जुन रुपमा हेर्नु पर्ने हो त्यो अनुसार २ नम्बर प्रदेशको सरकारले हेरेको छैन । मदर्शा बोर्ड शिक्षाको एउटा सानो अङ्ग मात्र हो । सरकारले समग्र शिक्षा नीति ल्याउन सकेको छैन । प्रदेश सरकार आफैमा अन्योलमा छ ।

शिक्षामा सुधार ल्याउन बिज्ञहरुसंग समन्वय गर्न सकेको छैन । पहिलाको सरकार जस्तै यो सरकार पनि राजनीतिक अवधारण गरेर गईरहेको छ । त्यसकारण यही प्रवृति रहेयो भने प्रदेश सरकारले शिक्षामा विकास गर्छ भने मलाई लाग्दैन । मुख्यतः यसमा आमुल परिवर्तन गर्नको लागी एउटा पक्षलाई मात्र खुसी नपारी समग्रतामा गुणस्तरीय शैक्षिक वातवारण बनाई समय सापेक्ष प्रा.वि., मा.वि. तथा उच्च मा.विमा कसरी शिक्षा दिने भन्ने रोड म्याप सरकारले बनायो भने शिक्षामा धेरै विकास हुन सक्छ । तर प्रदेश सरकारले रोड म्याप नबनाई केही समयको चर्चा र प्रसिद्धको लागी ‘बेटी बचाई बेटी पढाई’, मदर्शा शिक्षा, स्वच्छता अभियान जनजागरणको लागी राम्रो हो तर समग्र शिक्षाको वातावरण साक्षर बनाउनेलाई यसले जहिले पनि पगारो दिएको हुन्छ । त्यसकारण सरकारले सानो कुरालाई छोडेर समग्रतामा प्रदेश नम्बर २ लाई शैक्षिक हब बनाउने शिक्षा नीति र वातावरण कस्तो हुनुपर्छ भने प्राविधिकसंग छलफल गरि शिक्षाको एउटा रोड म्याप बनाई अघि बढेमा मात्रै शिक्षाको विकास हुन्छ । तसर्थः राजनीतिक, संस्कृति, समाजिक, आर्थिक, कृषि, व्यवसायी आदी सबै पक्षको विकासको लागी शिक्षाको धेरै महत्व हुन्छ । त्यसकारण स्थानी, प्रदेश र केन्द्र सरकारले एक अर्काको खिचातानी नगरी शैक्षिक क्षेत्रलाई बलियो बनाउन समग्रताको नीति ल्याउनु आजको अवाश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here