×

वीरगन्ज ५ फागुन । हिन्दु परिषद् नेपालले नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ। आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर परिषद्ले यस्तो घोषणा गरेको हो।कार्यक्रममा परिषद्का अध्यक्ष सन्तोष पटेलले कुनै पनि बहाना र जबरजस्ती धर्म परिवर्तन गराउन नपाईनेमा जोड दिए। उनले आफ्नो संगठन कुनै मुस्लिम तथा क्रिष्टियन धर्मको विरोधी नभएको तर ९० प्रतिशत हिन्दु भएको देश नेपाललाई हिन्दुराष्ट्र नै कायम गनुपर्ने माग राखे। उनले भने, ‘हामी कोही पनि हिन्दुको भावनामाथि भएको अन्याय र अत्याचारलाई सहन सक्दैनौँ। हामीलाई कुनै राजनीतिक दल र राजाबादीसंग जोडेर नहेर्नपनि अनुरोध गर्दछौँ।’पछिल्लो समय मुलुकमा क्रिश्चियन धर्मसम्बन्धी गतिबिधि बढ्दै गएको आरोप लगाउँदै उनले पहिला हिन्दुभित्रै रहेका तल्लो जात र माथिल्लो जातको बिचको बिभेद हटाउनुपर्ने धारणा राखे। उनले हिन्दुभित्रै जातको विभेदमा बाँचेकाहरू नै आज आफ्नो धर्म त्यागेर अरू बाह्य धर्म अंगाल्न पुगेको आरोप लगाए। ‘कुनै पनि राष्ट्रमा पहिले मुल धर्मलाई आत्मसात गर्नसक्नुपर्छ’–पटेलले थपे।नेपालको संबिधानमा नै जबरजस्ती धर्म परिवर्तन गर्न नपाइने भनेर स्पष्ट रुपमा लेखेको उल्लेख गर्दै उनले आज देशलाई नै हिन्दुविहीन बनाउन लाग्दा पनि सरकारको त्यतातर्फ ध्यान तथा आँखा नपरेकोमा आपत्ति जनाए।धर्म परिवर्तनको बहानामा संसारमा नेपाल र नेपालीको पहिचान बोकेको हिन्दु धर्ममाथि नै पछिल्लो समय प्रहार भएको पनि उनले गुनासो पोखे। उनले आगामी पाँच वर्षभित्र २५ लाख नेपालीलाई हिन्दु धर्ममा जोड्ने आफूहरूको अभियान रहेको पनि जानकारी गराए। सरकारलाई दबाव दिनकै निमित्त मेची-महाकाली अभियानको शुरुवात गरिसकेको पनि उनले जनाए। उनले देशमा विद्यमान सबै हिन्दु धर्मसम्बन्धी संघ तथा संगठनहरू अब हिन्दू धर्मको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए।सन्तोष पटेल मधेशमा पत्रकारिता श्रेत्र बाट नाम चिनाएका एक युवा पत्रकार हुन ।

Back to top