×

वीरगन्ज ४ फागुन । वीरगंजमा उद्यानका लागी निर्धारन गरिएको जग्गामा प्रदेश सरकार जबरजस्ती पार्क बनाउन लागेको भन्दै प्रदेश नं. २ को प्रदेश सभामा हंगामा भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको शनिबार बस्न लागेको बैठक सुरु भए लग्तै टेबल ठटाउँदै स्थगीत भएको छ । प्रदेश सरकारले वीरगंजको बिपी उद्यानमा महानगरलाई समेत जानकारी नगराई हचुवाको भरमा जबरजस्ती सहिद पार्क निर्माण गर्न लागेको भन्दै नेपाली कांग्रेसका सांसदहरुले टेबल टठाउँदै सभा स्थगीत गराएका छन् । बैठक शुरु भए लग्तै कांग्रेसका प्रदेश सांसद उपेन्द्र कुश्वाहाले कडा रुपमा प्रदेश सरकारको आलोचना गर्दै सरकारले गरेको निर्णय कुनैपनी हाल्तमा पुरा हुन नसक्ने भन्दै पार्क बनाउने योजना फिर्ता लिन सुझाव दिएका थिए । कुश्वावाहा बोले लग्तै सदन सञ्चालन हुन दिएका थिएनन् ।अवरुद्धका बाबजुद सभामुख सरोज कुमार यादवले बैठक स्थगित गर्दै फागुन १५ गतेका लागि अर्को बैठक बोलाएको छ ।

Back to top