१८ किलो सुन बरामद, दुई जना पक्राउ

446

वीरगञ्ज २ फागुन । कैलाली स् कञ्चनपुरबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । कञ्चनपुरको पुर्नवासबास नगरपालिका २ दशरथ बस्तीस्थित शंकर विकको घरबाट सुन बरामद गरिएको हो ।

केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुको टोलीले सुन बरामतद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए । बिहीबार बिहान करिब ११ बजे सुन बरामद गरिएको उनले बताए ।



घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानको लागि २ जना पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

पक्राउ गरिएको व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरू भरिया रहेको स्रोतले जनाएको छ । काठमाडौं हुँदै सुन कञ्चनपुर ल्याइएको र अब वीरगन्ज हुँदै सुन भारत लैजाने तैयारी रहेको स्रोतको दाबी छ ।