×

वीरगन्ज १ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. १ का सासद प्रदिप यादवले आज एक कार्याक्रमबीच वीरगंज महानगर वडा नं. २२ मनियारी टोलमा नमुना मुसहर बस्ती भवन निर्माणको शिलान्यास गरेका छन । वीरगंज महानगर वडा नं. २२ मनियारीमा नमुना दलित मुसहर टोलमा सामुदायिक दलित भवनको शिलान्यास गरेका हुन् । उक्त भवन स्थानिय पुर्वधार विकाश साझेदारी कार्यक्रम र वीरगन्ज महानगर पालिकाको सयुक्त लगानीमा ४२ जनाका लागि घर निर्माण थालिएको छ । प्रतेक परिवारका लागी १० फिट बाय १० फिटका २ कोठा र एउटा सैचालय निर्माण गरिने छ । उनले स्थानिय पुर्वधार विकाश साझेदारी कार्यक्रम अन्तर गतवाट ९० लाख बजेट विनियोजन गरेको र ३० लाख वीरगन्ज महानगर पालिकाले दिने सासद प्रदिप यादवले बताए । यता नमुना मुसहर बस्ती भवन निर्माण पछि जगदम्बा सिमेन्टका संचालक राजेश अग्रवाल बस्तीमा स्कुल बनाईदिने उदखोस समेत गरेका छन । कार्यक्रममा क्षेत्रका माननीय जनत अन्सारी,वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्म कुमार भूसाल लगायतको उपस्थिति थियो ।

 

Back to top