×

वीरगंज १ फागनु । विश्व रेडियो दिवसको अवसरमा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल प्रदेश २ को आयोजनामा वीरगंजमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वानका प्रदेश २ का अध्यक्ष आरसी यादवको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश उपाध्यक्ष केसी लामिछाने, शाखा अध्यक्ष श्याम वन्जारा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया , वीरगंजका उपमेयर शान्ति कार्की, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, प्रहरी उपरिक्ष रेवती ढकाल,राजपा नेपालका महासचिव शिव पटेल लगायतकाले रेडियोका आवश्यकता, महत्व र उपयोगिताको बारेमा प्रस्ट पार्नुभएको थियो । सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालाई सम्मानित समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी राजेन्द्र सिंहले गर्नुभएको थियो ।

Back to top