×

सन्जय सहनी रौतहट १ फागुन । रौतहटको सदरमुकाम समेत रहेको गौर नगरपालिकाकि उप मेयर किरन ठाकुरले महिला अधिकार र शसक्तीकरणको लागि आफु सधै अग्रसर रहि रहने प्रतिबद्धता व्यक्त गरेकी छिन। गौर नगरपालिकाको आर्थिक सहयोग र स्थानीय बिकास केन्द्र गौर द्वारा आयोजित नगर स्तरिय उपमेयर कप महिला फुटबल टुर्नामेन्टको उदघाट्न गर्दै प्रमुख अतिथी ठाकुरले मैले सदैव महिला बालबालिकाको समाजिक पहुच गराउन सक्रिए रहेको बताउदै भबिस्यमा पनि महिला ,बालबालिकाको क्षमता अभिबृधि र हरेक क्षेत्र तह तप्कामा उनीहरुको पहुच र हकअधिकार दिलाउन सक्दो लगानी गर्ने बताइन ।उप मेयर ठाकुरले खेलले ब्यक्तिको मानसिक ,शारीरिक र सम्बेगात्मक बिकासमा टेवा पुग्ने भएको बताउदै यस्तो टुर्नामेन्टको आयोजना आफु रहुन जेल सम्म गराउदै रहेने बताईन । महिलाको हरेको क्षेत्रमा पहुच गराउनु नै हाम्रो उदेश्य भएकोले गौर नरपालिकाले अगामी दिनहरुमा पनि आफ्नो लगानी निरंतर गरिरहने समेत उप प्रमुख ठाकुरले बताईन । त्यस्तै उदघाटन सत्रमा शुभकामना मंतव्य दिदै गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले विकासमा खेलकूद , सकारात्मक सोच , स्वास्थ्यको महत्त्व रहेको बताएका छन । उनले स्वास्थ्य , मानसिक विकास , सकारात्मक सोचको विना विकास अधुरो हुने धारणा राखे । गौर नगरपालिकाले महिलाको विकासको लागि लगानी गरी रहेको बताउदै महिला फुटबाल प्रतियोगिताले महिलाको खेलकूदमा पुरुष सरह सहभागिता हुने विश्वास व्यक्त गरे । खेलमा कहिले हर त कहिले जित हुने गर्छ भन्दै कार्कीले छाती ठूलो गरी आफ्नो गंतव्य पुग्ने लक्ष्य लिएर दिलले खेल खेल्नु पर्ने भन्दै महिला खेलाडीहरुलाई हौसला बढ़ाए । अधिकांश कार्यक्रममा कविता प्रस्तुत गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत कार्कीले कविताको माद्य्यमबाट महिला खिलाड़ीलाइ फुटबाल लगायतका खेल खेल्नु पर्ने र हार जितको चिन्ता नलिन आग्रह गरे । शुभकामना मन्तव्य दिदि वार्ड नं. ६ का वडा अध्यक्ष एवंम प्रवक्ता शेष जम्सैदले, महिलालाई सवै क्षेत्रमा पहुच गराउनु पर्छ भन्ने मान्याता राखी हामी सधै अगाडी बढी रहेकोले यो खेल्ले महिलालाई आत्मबल प्रदान गर्ने बताए । कार्यक्रममा महिला बालबालिकाको क्षेत्रमा सधै अगाडी रहेका ग्रामिण विकास केन्द्र (आरडीसी) नेपालका अध्यक्ष पारस हुसैन, गौरमा महिला फुटवल प्रतियोगिता गराउनु अति सराहनीये काम भएकको प्रसंसा गर्दै प्रतियोगितामा उत्कृस्ट खेल प्रस्तुत गर्ने एक जना खिलाड़ीलाइ साइकल उपहार दिने घोषणा समेत गरेका छन । स्थानिय विकास केन्द्र (एलडीसी)का अध्यक्ष दिनेश यादवको सभापतित्वमा भएको उदघाटन सत्रमा गौर नगरपालिकाकाका उपप्रमुख किरण ठाकुरले फुटवल हान्दै प्रतियोगिताको विधिवत रुपमा उदघाटन गरेकी थिइन । उदघाटन समारोहमा वड़ा अध्यक्ष भरत साह , युएनहेवीटेटका रौतहट समयोजक दिपेन्द्र ठाकुर, गौर नगरपालिकाका शिक्षा संयोजक गणेश गिरी, वार्ड नं. २का कार्यवाहक अध्यक्ष भिखारी राउत, आरडिसी नेपालका रामअधार यादव, राजदेवी मिडिया सेन्टरका रामपुकार राउत, मिशन नेपाल प्रदेश २ का संयोजक नविन कुमार सिंह, न्यायीक समिति सदस्य संजय कर्ण, संचारकर्मी संजय सहनी, राजपाका युवा नेता ओम प्रकाश मधेशिया लगायतका व्यक्तिहरु सहभागी भएका थिए ।

Back to top