×

वीरगंज २६ माघ । तिन दिन देखि परेको पानीका कारण कलैया वीरगंज सडक खण्ड ठप्प भएको छ । बाटो हिलाम्य भएपछि सवारी साधन गुडन नसक्दा सयौ यात्रीहरु सडकमै अलपत्र परेका छन भने सवारी साधनहरु बाटोमै लाम लाग्न बाध्य भएका छन । गाडी नआउँदा बीरगंज बाट प्रकाशित हुने पत्र पत्रिकाहरु सदरमुकाम कलैयासम्म आउन सकेको छैन । हुलाकी सडक खण्डका ठेक्का पाएका ठेकेदारको चरम लापरवाहीका कारण सडकको दुर्दशा भएको तरुण दलका जिल्ला अध्यक्ष लुकेश सिहले जानकारी दिनुभयो । ठेकेदारले एकातर्फको बाटो निर्माण गर्नुको सट्टा नियम विपरित एकै पटक चारैतिर माटो हालेको कारण यात्रुहरुलाई शास्ती भएको सिंहले जानकारी दिनुभयो ।यता बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलसँग बुझदा जनताको कठिनाईलाई मध्यनजर गर्दै ठेकेदारलाई चाडो भन्दा चाडो सडकमा सवारी साधन सहज रुपमा गुाडने वातावरण तुरुन्त सृजन गर्न आफूले निर्देशन दिइसकेको बताउनु भयो ।

Back to top