कपि राईट आरोपमा पक्राउ निरन्जन अग्रवाललाई रिहा गर्न जिल्ला अदालतको आदेश

589
Share
  • 164
  •  
  •  
    164
    Shares

वीरगन्ज २६ माघ । पर्सा प्रहरीले कपि राईट गरेको आरोपमा पक्राउ गरेको स्वीट मार्ट फुड इण्डष्ट्रिज, वीरगन्जका सञ्चालक निरन्जन अग्रवाललाई पक्राउ गर्न र म्याद थप्न गर्न नमिल्ने भएकोले अग्रवालाई छाड्न जिल्ला प्रहरी कार्यालयलाई अदालतले आदेश दिएको छ । आदर्शनगरस्थित अग्रवालको उद्योगमा बिहीबार बेलुका प्रहरीले छापा मारेर उद्योगमा तयार रहेको १७ कार्टुन च्युइगम, रेपर, डिब्बसहित अग्रवाललाई पक्राउ गरेको थियो । बिहीबार नै प्रहरीले अग्रवाललाई जिल्ला अदालतमा म्याद थप गराउन उपस्थित गराएको थियो तर ढिलो भएपछि बहसको लागि म्याद नथपि अदालतले शुक्रबार बिहान उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो । अदालतको इजलास २ मा भएको बहसमा अग्रवालको तर्फबाट अधिवक्ता देवेन्द्र सिंह, प्रमोद साह र रमेश साह कानुले आफ्नो पक्ष राख्दै प्रतिलिपी अधिकार टे«डमार्क भित्र नै पर्ने भएकोले अग्रवालले अस्थायी उच्च अदालतमा दिएको अन्तरिम आदेश सहितको निषेधाज्ञा माथि सुनवाई भई छलफल गर्न यही माघ २८ गते समय तोकेमा अदालतको आदेशलाई प्रहरीले अवहेलना गरेको टिप्पणी गरेका थिए । ट्रेडमार्क सम्बन्धी मुद्दा भए पनि पर्सा प्रहरीले प्रतिलिपी अधिकार मुद्दा दर्तामा म्याद थप गराउने प्रयास गरेको थियो । प्रतिलिपी अधिकार उल्लंघनको विषय पनि ट्रेडमार्क नै रहेको हुनाले अन्तरिम आदेशको विपरित हुने भएकोले अग्रवाललाई पक्राउ गर्न र म्याद थप्न गर्न नमिल्ने भएकोले अग्रवालाई छाड्न जिल्ला प्रहरी कार्यालयलाई अदालतले आदेश दिएको छ । म्यान थप्प नमिल्ने बताउदै २ नम्बर बेन्चका न्यायधीश बद्रीप्रसाद ओलीले म्यान थप नगरी उच्च अदालतको निर्णयलाई सदर गर्दै अग्रवाललाई छाड्न आदेश दिएका थिए । अग्रवालले दिएको जाहेरीको आधारमा उच्च अदालतले दुवैपक्षको कुरा सुनि अन्तिम निष्कर्शमा पुग्ने बताउदै यही माघ २८ गतेसम्म ट्रेडमार्क सम्बन्धी निषयमा पक्राउ गर्ने, थुनामा राख्ने लगायतको कुनै कागज गराउने कार्य नगर्न पर्सा प्रहरीलाई आदेश गरिसकेको छ । प्रहरीले उच्च अदालतको अन्तरिम आदेशको अवहेलना गर्दै आफूलाई जबरजस्ती आफ्नो नियन्त्रणमा लिएको अग्रवालले बताए । प्रतिलिपि अधिकार ट्रेडमार्कमै पर्ने बताउँदा पनि प्रहरीले आफूलाई समान्य सोधपुछ गरी छाडिदिने बताउँदै नियन्त्रणमा लिएर आएका हुन् । उनले भने, ‘प्रहरी कार्यालयमा पुगेपछि आफूमाथि प्रतिलिपि अधिकार सम्बन्धी छुटै मुद्दा दिएर फसाउने षड्यन्त्रण भएको थाहा भयो ।’ भारतीय कम्पनी perfetti van melle india pvt.ltd ले आफूलाई बदनाम गराउन ठूलो रकमको चलखेल गरेको उनको आरोप छ । भारतीय कम्पनीको अख्तियार प्राप्त प्रविर बरवाले स्वीट मार्ट फुड इण्डष्ट्रिजले हुबहु नक्कल गरेको आरोप लगाएको छ । उनले भारतीय कम्पनीलाई चुनौती दिदै हुबहु नक्कल गरिएको कुनै प्रमाण देखाए आफू कारबाहीको भागिदार बन्ने बताए । तर आफूलाई बदनाम गराउनेलाई पनि कडा कारबाही हुनुपर्ने पनि उनले माग गरे ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here