×

वीरगन्ज २५ माघ । ट्रेडमार्क चोरी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नं १० आदर्शनगरमा रहेको स्वीट मार्ट फुड इन्डष्ट्रिजका सञ्चलक निरञ्जनकुमार अग्रवाललाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ । सेन्टर फ्रुट चुईगम उत्पादन गर्दै आएको भारतीय कम्पनीले आफ्नो ट्रेडमार्क चोरी गरेको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकालले जानकारी दिए । ‘मेरो सिर्जना चोरी गर्‍यो भनेर सेन्टर फ्रुट उत्पादन गर्ने भारतीय कम्पनीले उजुरी गरेको रहेछ’ उनले भने, ‘त्यसैको आधारमा आवश्यक सोधपुछका लागि जिल्लामा ल्याएका छौं ।’ अग्रवालको कम्पनीबाट प्रहरीले १७ कार्टुन चुइगमसमेत नियन्त्रणमा लिएको छ । अग्रवाल सञ्चालक रहेको स्वीट मार्ट कम्पनीमाथि सेन्टर फ्रुटजस्तै प्याकेटमा उसैको लोगो राखेर सेल्टर फिल्ज चुइगम उत्पादन गर्दै आएको आरोप लागेको छ ।

Back to top