रौतहटमा तीन दिन सम्म चल्ने एकदिवसिय क्रिकेट टुर्णामेन्ट

43
Share
  • 66
  •  
  •  
    66
    Shares

संजय कुमार सहनी,रौतहट, २५ माघ । रौतहटमा तीन दिन सम्म चल्ने एकदिवसिय क्रिकेट टुर्णामेन्ट शनिवार देखि शुरु हुने भएको छ । रौतहट ११ र धनगढी ११ विच एक दिवसिय क्रिकेट टुर्णामेन्टको आवश्यक तयारी पुरा भएको रौतहट क्रिकेट संघले जनाएको छ ।
रौतहट क्रिकेट संघको कार्यालय गौरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै संघका अध्यक्ष पवन साहले रौतहट ११ र धनगढी ११ विच हुने मैत्रीपूर्ण ओडिआई टुर्णामेन्टको सम्पूर्ण तयारी पुरा भईसकेको जानकारी दिएको हो ।
गौरीशंकर यादव स्मृति ट्रष्टको प्रायोजनमा “गौरीशंकर यादव मेमोरियल क्रिकेट टुर्णामेन्ट” माघ २६, २७ र २८ को तिन वटा एकदिवसिय क्रिकेट प्रतियोगिता हुन गईरहेको जानकारी दिदै अध्यक्ष साहले रौतहटका लागि यो नौलो प्रतियोगिता रहेको हुँदा क्रिकेट खेलको विकासका लागि केही कमी कमजोरी भएपनि आयोजकलाई सलाह सुझाव दिन समेत उनले आग्रह गरे ।
रौतहट सदरमुकाम गौरमा रहेको रौतहट क्रिकेट संघको मैदानमा तिन वटै खेल संचालन हुने छ । धनगढी ११ का क्याप्टेन रोशन अधिकारी सहित १५ सदस्यीय खेलाडीहरु रौतहट गौर आईपुगेका छन्, भने नेपालको तर्फबाट अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइसकेका जितेन्द्र मुखियालाई रौतहट ११ का क्याप्टेन बनाइएको संघका प्रवक्ता गौतम श्रेष्ठले जानकारी दिए ।
यस मैत्रीपूर्ण ओडिआई क्रिकेट टुर्णामेन्टमा अनुमानित कुल खर्च २ लाखको हुने जानकारी दिदै प्रवक्ता श्रेष्ठले प्रतियोगिता गराउनुको मुख्य उद्देश्य गुणस्तरिय खेलाडीलाई छनौट गरेर राष्ट्रिय टोलीमा पठाउने जमर्को गरिएको उनले स्पष्ट पारे । यस प्रतियोगिताको लागि रौतहट बासीको सहयोगको सराहना गरे ।
ओडिआई टुर्णामेन्ट गराउनमा प्रायोजकको भुमिका निर्वाह गरेका गौरीशंकर यादव ट्रष्टका अध्यक्ष मोहन यादवले रौतहटको खेलकुदको विकासका लागि प्रत्येक बर्ष यसप्रकारको प्रतियोगिताहरु संचालन गराई नयाँ युवा खेलाडीहरुलाई अवसर प्रदान गर्न सकारात्मक भुमिका निर्वाह गर्ने उनले बताए ।
धनगढी ११ को क्याप्टेन रोशन अधिकारीले यहाँ र धनगढीमा खासै फरक छैन तर अन्तर जिल्ला क्रिकेट प्रतियोगिताको हाम्रो लागि नै पहिलो अवसर रहेको बताए । रौतहटको क्याप्टेन जितेन्द्र मुखियाले आफनो अनुभवलाई यहाँका खेलाडीलाई बाँड्ने मौकाको साथै विभिन्न इन्जुरीका कारण नेपाल नेशनल टिमबाट बाहिर बस्दै आएको तर यसै प्रतियोगिता मार्फत नेपाली टोलीमा आफूलाई स्थापित गराउने राम्रो अवसर रहेको मुखियाले स्पष्ट पारे । कार्यक्रममा रौतहट क्रिकेट संघका कोषाध्यक्ष बिकरान्त बिक्रम नेपाल, सहसचिव प्रमोद साह, सदस्य सागर यादव सहित सयकडौं क्रिकेटप्रेमीहरुको उपस्थिति थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here