मेयर सरावागीको हर्न र प्लास्टिकको झोला प्रतिबन्ध अभियान हातीआयो-हातीआयो फुस

79
Share
  • 114
  •  
  •  
    114
    Shares

वीरगंज, २५ माघ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावागीले पुस १ गतेदेखि हर्न निषेध र प्लास्टिकको झोला, गिलास, प्लेटमा प्रतिबन्ध लगाएपनि अहिलेसम्म यो काम प्रभावकारी देखिएको छैन । महानगरपालिकाले एक साताको समय दिएर हर्न बजाउने र प्लास्टिकको झोला, गिलास, प्लेट प्रयोग गर्ने्विरुद्ध कारबाई गर्ने चेतावनी दिएको थियो ।
पुस १४ गतेदेखि प्रभावकारी ढङ्गले हर्न र प्लास्टिकको झोला, गिलास, प्लेटको प्रयोगमा कडाइ गर्ने प्रतिबद्धता जाहेर गरेको महानगरपालिकाका मेयर सरावागीको नारा हाती आयो हाती आयो फुस उखान झै सावीत भएको छ । वीरगंज मनपाका मेयर सरावगीले आम जनतामा जागरुकता नदेखिएकोले यो अभियान हाती आयो हाती आयो फुस भएको वीरगन्ज बासीहरु भन्न थालेका छन । उनले विभिन्न कारणले हर्न र प्लास्टिकको झोला, गिलास, प्लेटविरुद्धको अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको बताए । उनले अबको एक–दुई महीनासम्म सचेतनामूलक कार्यक्रम गर्ने र त्यसपछि दण्ड जरिवाना गर्नेतर्पm कडाइ गर्दै जाने बताए । मेयर सरावगीले जनता आपैm जागरुक हुनुपर्नेमा सो नहुँदा महानगरले चलाएको अभियान प्रभावकारी नभएको बताए । मेयर सरावगीले हर्न र प्लास्टिकको झोला, गिलास, प्लेटमा प्रतिबन्ध प्रभावकारी बनाउन निजी क्षेत्रलाई जिम्मेवारी दिइने सोच विकास भएको बताए । व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्कीले आफनो तहबाट हर्न र प्लास्टिकको झोला, गिलास, प्लेटमाथि प्रतिबन्धविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताए । ट्राफिक प्रहरीसँग सहकार्यमा कलेजस्तरमा विद्यार्थीहरूलाई जागरुक गरिएको, सडकमा खडा गरेर आम मानिसलाई सचेत गराएको भएपनि महानगरपालिका उदासीन देखिएकोले हर्न र प्लास्टिकको सामानविरुद्ध अभियानले सार्थकता नपाएको बताए । उनले प्लास्टिकको झोलाको विकल्प नदिएको र हर्न हुन नसकेको कारण मुल सडक पेटी नभएको ले प्रभावकारी हुन नसकेको बताए ।  ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले आदर्शनगर क्षेत्रमा अभियान सार्थक बनाउन पहल गरेको तर महानगरपालिका जिम्मेवार रूपमा प्रस्तुत नभएको बताएका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here