×

वीरगंज २४ माघ । वीरगंज महानगरपालिका वडा नं १६ शकरार्चाय गेट स्थित रहेको सिमा प्रहरी चौकी ईनर्वाको सेटिङमा मरिचको तस्करी भईरहेको छ । मरिच तस्करीको लागी प्रहरीले दैनिक बिहान ६ बजे देखी ८ बजे सम्म, र दिउसो १२ बजे देखी ३ बजे सम्म, त्यसैगरी बेलुकाको ६ बजे देखी ८ बजे सम्म लाईन दिएको छ । तस्करहरुले ई—रिक्सामा महिला र पुरुषहरुलाई राखी १ क्विन्टल भन्दा बढि मरिच मेन रोडको बाटो हुदै शंकरार्चाय गेट पार गरी मितेरीपुल सम्म पुयाउने गरेका छन । प्रहरीहरुकै सहयोगमा दैनिक २० क्विन्टल भन्दा बढि मरिच नेपालबाट भारत तर्फ मेन रोडको बाट प्रयोग गरी तस्करी भईरहेको छ । मरिचको तस्करीमा ३५१८, १६५४, ४५८३ नम्बरको ईरिक्सा प्रयोग भएको भएको देखिएको छ । त्यसै गरी ईनर्वा प्रहरीको सहयोगमा भन्सार क्षेत्रमा पर्ने डम्पिङ साईड शंकरार्चाय नजिकको खेतको बाटो प्रयोग गरी बुधबार राती १२ बजे देखी २ बजेको समयमा बेचु भन्ने व्यापारीको १५० बोरा मरिच साईकलमा लोड गरी भारत तर्फ तस्करी भएको प्रतेक्ष दर्शिले बताएका छन । मरिचको कारोबार गर्ने तमन्ना गु्रप, सरवन अग्रवाल, लालबाबु, भोला, दिनेश भन्नेको ईनर्वा प्रहरीले तस्करीको लाईन दिएको एक तस्करले बताए । ईनर्वा प्रहरीका ईन्र्चाज सई नकुल राज गौतमले प्रत्येक मरिचका व्यापारीहरुबाट ३० हजारको दरले महिनावारी असुली रहेको खबर प्राप्त भएको छ । सई गौतमले तस्करहरु संग महिनावारी असुलन ईनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार विजय यादवलाई खटाएको छ । त्यसैगरी पर्सा प्रहरीले कुनै घटना दुर्घटनामा छिटो पुग्ने गरी वीरगंजमा परिचान गरेको क्विक रिसपोन्स टिममा कार्यरत जितन चौरसियालाई समेत तस्करहरुले महिनावारी दिईरहेको श्रोतको दावी छ । तस्करहरुले छपकैयाको सई नरेन्द्र बहादुर चन्दलाई समेत सो नाका बाट तस्करीको लाईन मिलाउनका लागी लाखौको महिना दिईरहेको श्रोतको दाबी छ । छपकैया नाका बाट रातीको समयमा जुता, चप्पल, सटिड्ड सुटिड्डको कपडा, मरिच र केराउको व्यापक मात्रामा तस्करी भईरहेको खबर छ । ईनर्वा र छपकैयाका प्रहरीले, पर्सा प्रहरी प्रमुख रेवती ढकाललाई चक्मा दिई निर्वाद रुपमा तस्करी गराईरहेको छ ।

https://www.facebook.com/aabid.ahamed/videos/2130733270337666/?t=49

Back to top