×

संजय कुमार सहनी रौतहट २२ माघ रौतहट । रौतहटको फतुआ बिजयपुर नगरपालिकामा करोडौं रुपैया अनियतिता भएको पोल खुलेको छ । मेयर र प्रशासकिय अधिकृतको मिलोमतामा विभिन्न शिर्षकको बजेट बाट करोडौं रुपैया अनियमितता भएको नगरकी उपमेयर कान्ति देवी महतोले मंगलबार पत्रकार सम्मेलन मार्फत खुलासा गरेकी छिन् ।

उपमेयर महतोले नगरप्रमुख गोपाल यादव र प्रशासकिय अधिकृत शागर कुमार रोक्काको मिलोमतोमा करोडौं रकम अनियमिता भईरहेको सार्वजनिक गरेकी हुन ।नगरपालिका अन्तरगत रहेको लालबकैया नदीको ग्रेभल,बालुआ निकाल्ने टेण्डर रद्ध गरी आफना मानिस बाट दैनिक लाखौंरुपैया अबैध अशुली गरेर अनियमितता गरेको उपमेयर महतोले

दावी गरीन ।दुईमहिना अघि नगरपालिकाले लालबकैया नदीको टेण्डर आव्हान गर्दा गुगल कन्सट्क्सनले रु दुईकरोड९९लाखको फर्म भरेको थियो ।उक्त टेण्डर गुगल कन्सट्क्सनलाई दिनुपर्ने कार्यपालिकाको बैठकले लिखित निर्णय समेत गरेको थियो ।तर बिभिन्न बखेडा झिकेर उक्त टेण्डरलाई स्थगित राखी नगर प्रमुख यादव र अधिकृत रोक्काको मिलोमतोमा गिटि,बालुआ बापत दैनिक लाखौंरुपैया अशुलेर अनियमितता गरीरहेको उपमेयर महतोले जानकारी गराईन ।

लालबकैया नदीमा गिटी,बालुआको रकम अशुलीगर्ने कार्यमा एकजना पुर्व सांसदका गाडीचालक सहीत मेयरका आधादर्जन मानिस खटीरहेको जनाईएको छ ।नगरपालिका बाट गिटि,बालुआ बापतको कर अशुली रसीद एकजना प्राविधिक सहायक बिल्टु यादवको नामले बुझेर स्थानिय रामेश्वर यादव,ठुलो यादव,गणेश यादव,बिनोद यादव,र सुरेन्द्र मुखिया बिनले प्रति ट्याक्टर चारसयको दरले रसीद काटी पछिलो दुईमहिना देखी रकम अशुल्दै आएको उपमेयर महतोले प्रष्ट पारिन ।

गिटी,बालुआ बापत फतुआ नगरपालिका अन्तरगत लालबकैया नदी बाट दैनिक एकलाख ५०हजार देखी दुईलाख रुपैया सम्म अशुली हुनेगरेको महतोले बताइन् । प्रतिदिनको अशुलीको दरले दुईमहिनाको हिसाव गर्दा एककरोड रुपैया भन्दा बढी हुन्छ , यत्रो ठुलो रकम मेयर यादव र अधिकृत रोक्काको मिलोमतोमा अनियमितता भएको महतोले दावी गरीन ।

लालबकैया नदीको टेण्डर आव्हान गर्न पटक पटक प्रमुखलाई भन्दा आफनो मनपरी गर्ने र कार्यपालिकाको कुनै वास्ता नगर्ने उनको दावी छ । त्यसैगरी हालसम्म नगरसभा नै नगरी मेयर यादव र अधिकृत रोक्काले बिभिन्न शिर्षकको करोडौं रकम खर्चेको,प्रमुख र अधिकृत नियमित कार्यालयमा उपस्थित नहुने र जनताको काम काज निवाश बाटै गर्नेगरेको पत्रकार सम्मेलनमा जनाईएको छ । त्यसैगरी नगरपालिकाको एउटा कार्यालय हुँदा हुँदै कार्यपालिकाको बिना निर्णय,बिना सुचना प्रकाशन प्रमुख र अधिकृतले अर्को घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको उपमेयर महतोले खुलासा गरीन ।

फतुआ बिजयपुर नगरपालिकाको कार्यपालिकामा २१ जना सदस्यहरु मध्ये एकजना उपमेयर,आठजना अडा अध्यक्ष र आठजना सदस्य गरी १७ जना एकतर्फ रहेको छ । एकजना मेयर र तिनजना वडा अध्यक्ष गरी अर्का तर्फमात्र चारजना कार्यपालिका सदस्य भए पनी बहुमतले हुने निर्णयको मेयर यादवले कुनै वास्ता नगर्ने गरेको उपमेयर महतोले प्रस्ट पारीन ।

त्यतीमात्र नभई गतबर्ष कार्यपालिका बोर्डले बहुमतले गरेको एउटा निर्णय लाई मेयर गोपाल यादव सैयौं मानिस ल्याएर बलपुर्वक निर्णय पुस्तिका नै च्यातेको घटना बारे पत्रकार सम्मेलनमा उनले बताईन । उपमेयर महतोले फतुआ बिजयपुर नगरपालिकामा भईरहेको अनियमितताको छानबिनका लागी अििख्तयार दुरुपयोग अनुसंधान र संघिय मामिला मन्त्रालयको धयानाकर्षण गराईन । उपमेयर महतोले आयोजना गरेको पत्रकार सम्मेलनमा उनी संगै आठजना वडा अध्यक्षहरु,आठजना कार्यपालिका सदस्यहरु गरी १७ जना कार्यपालिका बोर्डका सदस्यहरुको सहभागिता थियो । नगरपालिकाका प्रशासकिय अधिकृत शागर कुमार रोक्काले बालबकैया नदीको टेण्डर ज्वाईंट कम्पनीले साकार गर्दा कानुनी अडचन खडा भएकाले तत्काल मेयर यादवको केही मानिस र केही कर्मचारीले गिटी,बालुआ बापतको रकम अशुली गरीरहेको स्विकारेका छन ।

आफु लामो बिदामा रहेकाले अर्को टेण्डर आव्हान हुन नसकेको र अशुल भएको रकम बारे आफुलाई पुरा जानकारी नभएको अधिकृत रोक्काले बताए । करोडौं रकमको अनियमितता बारे बुझदा आफनो कुनै संलग्नता नरहेको र चाँडै टेण्डर प्रकृया बढाउने रोक्काले प्रतिकृया दिए । फतुआ बिजयपुर नगरपालिकाका मेयर गोपाल यादवले टेण्डर प्रकृयामा त्रुटी भएको कारण तत्काल केही कर्मचारी र नगरपालिको द्धारा तोकिएको मानिसले गिटी,बालुआ बापतको रकम रसीद काटेर अशुली गरीरहेको बताए । उनले रसीद अनुसार रकम संकलन भईरहेको हुँदा कुनै अनियमितता नभएको र हाल सम्म झण्डै २५ लाख रुपैया संकलन भएको जानकारी गराए । यस अघि केही वडाका अडा अध्यक्षहरुले गिटी,बालुआको रकम अशुली गरेर नगरपालिकामा हिसाव नदिँदा बाध्य भएर कर्मचारी खटाउनु परेको मेयर यादवले प्रतिकृया ब्यक्त गरे ।

कार्यपालिका बोर्डको निर्णय अनुसार नै नगरको काम भईरहेको जिकिर गर्दै उपमेयर महतोको सलाह अनुसार नै कार्यालय सञ्चालनको लागी अर्को घर भाडामा लिएको प्रमुख यादवले प्रस्टयाए । नगरसभाको लागी पनी कार्यपालिका बोर्डका सदस्य तथा उपमेयर संग सलाह भईरहेको र छिटै दिन निश्चित गर्ने बताए । उता उपमेयर महतोले भने अगामी फागुन ३ गते नगरसभाको लागी तिथी तोकिसकेको बताएकी छिन ।

Back to top