×

वीरगंज २० माघ । संघीय समाजवादी फोरम नेपालका प्रभावशाली नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप यादवको दक्षिण कोरियामा भव्य स्वागत भएको छ । सांसद प्रदीप यादवलाई कोरियाको सउल ईन्छन एयरपोर्टमा नेपाली प्रवास संगठन,नेपाली संघीय समाज (नेफेसो कोरिया)तथा मधेशी कोरिया समाजका साथीहरूले भव्य स्वागत गरेका छन । संघीय समाजवादी फोरम नेपालका प्रभावशाली नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप यादव प्रवास संगठनको महाधिवेशनलाई सम्बोधन गर्न दक्षिण कोरिया प्रस्थान गरेका हुन ।

सांसद यादव नेपाली संघीय समाज फोरम दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिखका दिन आयोजना हुने तेस्रो महाधिवेशनलाई सम्बोधन गर्नका लागि दक्षिण कोरिया प्रस्थान गरेका हुन । पहिचान, समावेशी र समृद्ध राष्ट्र निर्माण संकल्प, नेपाली संघीय समाजवाद अबको निर्विकल्प भन्ने नाराका साथ प्रवास संगठनले आफ्नो तेस्रो महाधिवेशन आयोजनामा भाग लिन गएका हुन । कोरियामा क्रियाशील नेपालीहरुमाझ संगठनलाई अझ बढी मजबुत बनाउन विभिन्न प्याकेजका कार्यक्रम तय भएको सांसद यादवले बताएका छन । उहाँले यस अवसरमा कोरियामा काम गरेर बस्ने नेपाली युवायुवतीहरुलाई के–कस्तो समस्या परेको विषयमा जानकारी लिने र ती समस्या समाधानका निम्ति सरकारीस्तरबाट के–कस्ता कदमहरु चाल्नुपर्छ भन्ने सम्बन्धमा पनि व्यापक छलफल गरिने छ । त्यसैगरी, सोलस्थित नेपाली राजदूताबासमा पनि कार्यक्रम रहेको छ । पार्टीका केन्द्रीय उपमहासचिव प्रकाश अधिकारीले पनि कार्यक्रमलाई सम्बोधन गर्नु हुने कार्यक्रम रहेको नेपाली संघीय समाज दक्षिण कोरियाका सञ्चार विभाग प्रमुख शेर साङबो शेर्पाले बताएका छन । पार्टीको प्रतिनिधित्व गर्दै प्रवास समाजको यस अधिवेशनको उदघाटन गर्नका निम्ति उपमहासचिव अधिकारी र सांसद यादवको पाँच दिने कार्यक्रम रहेको पार्टीले जानकारी दिएको छ। यस अवधिमा सांसद यादवले कोरियामा संगठन विस्तारका निम्ति बाक्लै भेटघाट र कार्यक्रमहरुमा सहभागी बन्ने जनाइएको छ।

Back to top