×

वीरगंज २० माघ । गौतम माध्यमिक विद्यालय वीरगंजले वार्षिक उत्सवको अवसरमा साङ्गीतिक कार्यक्रम गरेको छ । विद्यालयको जुनियर भवनमा आयोजित कार्यक्रममा मुख्य अतिथि वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले दीप प्रज्वलन गरी उद्घाटन गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले वीरगंजको शैक्षिक विकासमा गौतम माविको भूमिका अतुलनीय रहेको बताउनु भयो । महिला शिक्षामा जोड दिंदै उपमेयर कार्कीले वीरगंज महानगरलाई शैक्षिक हबको रूपमा विकास गर्न महानगर लागिपर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, डा। सुषमा तिवारी, गौतम मावि व्यवस्थापन समितिका सदस्य एलविन प्रधानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

गौतम माध्यमिक विद्यालय वीरगंजले वार्षिक उत्सवको अवसरमा प्रतेक वर्ष साङ्गीतिक कार्यक्रम गर्दै आएको छ । साङ्गीतिक कार्यक्रममा मुलुकका विभिन्न क्षेत्रका जाति, भाषा, संस्कृति झल्कने गीत तथा नृत्यहरू प्रस्तुत गर्दै समाजको विविधतामा एकताको सन्देश दिइएको थियो । कार्यक्रमको वाद्यवादनतर्पm स्थानीय ब्रदर्श ब्यान्डले सहजीकरण गरेको थियो ।

बालबालिकाको चौतर्फी विकासमा अति नै महत्वपूर्ण मानिएकोले उनीहरूको क्षमता अभिवृद्धिमा उल्लेखनीय टेवा पु¥याइरहेको सो माविका निर्देशक नीमा लामा र सोनाम लामाले बताउनु भयो ।

विद्यालयका प्राचार्य उर्मिला लामाको सभापतित्व एवं शिक्षक शौरज प्रधान र कक्षा १० की छात्रा अरिबा नाजले सहजीकरण गरेको कार्यक्रममा कक्षा ७,८ र ९ का बालबालिकाहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Back to top