×

वीरगंज १८ माघ । “प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” भन्ने मुल नाराका साथ अहमयिा संघ नेपालले पर्सा जिल्लाको विन्दवासनी गाउँपालिका प्रसौनी भाठ्ठमा दुई दिने छैठौं जालसा सालाना (बार्षिक समारोह) सुरु गरेको छ ।

विन्दवासिनी गाउँपालिकाको वडा नं. ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित जलसा सालानामा प्रमुख अतिथि अताइलाही अहसन गौरी साहेबले अहमदिया मुस्लिम अमाअत एउटा विशुद्ध धार्मिक तथा अध्यात्मिक जआमत रहेको वताए । मानवता नै सबै भन्दा ठूलो धर्म भएको बताउदै विशवका २०० भन्दा बढी देशरुमा यस संस्थाले कुनै पनि दैविक प्रकोप लगायतका घटनामा सहभागी हुदै सक्दो सहयोग गर्दै आएको बताए । साथै साहेबले हजरत मु्हम्मद सल्लल्लाहु अलैहि व सल्लमको जीवन चरित्र र उनका आदर्शहरुको बारेमा चर्चा गरेका थिए ।

यस धार्मिक जलसा सालानाको सुरुवात हजरत मिर्जा गुलाम अहमद साहेब कादियानी प्रतिश्रुत मसीह र महदी तथा कल्कि अवतार अलैहिस्सलाम, गुरदासपुर पंजाब भारत निवासीले करिब १२७ वर्षअघि कादियानबाट गर्नु भएको समेत साहेबले बताए ।

साहेबकै अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि मौलाना अताहुर रहमान खालिद साहब, अतिथिहरु अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अंसारी, विन्दवासिनी गाउँपालिकाका उपप्रमुख किरन देवी, संस्थाका महासचिव मोहन अहमद, भारतका अताऊर रहमान साहेव,युवा अध्यक्ष समिन अहमद साहेव लगायतको विशेष उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा झापा, सुनसरी,मोरङ्ग,सप्तरी,सिरहा, वारा, पर्सा काठमाण्डौं, तनहु, चितवन,धनगढी लगायत भारतका विभिन्न स्थानहरुवाट सयौंको संख्यामा सहभागीता रहेको थियो ।

Back to top