×

वीरगंज, माघ १८ - नेपाली विद्यार्थी संघ पर्साले शुक्रबार वीरगंजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । नेवि संघको पुर्व घोषित कार्यक्रम अनुसार आज वीरगंजमा प्रधानमन्त्रिको पुत्ला दहन गरिएको हो ।

केपी सरकारमा भ्रष्टाचार, हत्या-हिँसा, बलात्कार र अराजकता मौलाएको आरोप लगाउदै विगत केहि दिन देखि नेवि संघले देशभर नै संघीय सरकारको विरोधमा कार्यक्रमहरु गर्दै आएको छ । नेवि संघका केन्द्रिय सदस्य सुदिर पटेलको अध्यक्षतामा ठाकुर राम बहुमुखी क्याम्पस अगाडिबाट निकालिएको जुलुसले आदर्शनगर चोकमा पुगी प्रधानमन्त्रीको पुत्ला जलाएको थियो ।

पुत्ला जलाउने क्रममा विद्यार्थी र प्रहरीविच सामान्य झडप समेत भएको थियो । झडपमा परि विद्यार्थी नेता विकेश पटेल र रञ्जन चौरसिया घाइते भएका छन् । घाइतेहरुको उपचार वीरगंज स्थित नारायणी उप-क्षेत्रीय अस्पतालमा चलिरहेको नेता सुधिर पटेलले बताए ।

कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य बद्रि तिवारी, जिल्ला अध्यक्ष विश्वास रञ्जन द्विवेदी, विवेक गुप्ता, रवि कारण साह, जितेन्द्र मिश्रा, सुरज पटेल, अब्दुल क्युमलगयातको सहभागिता रहेको थियो ।

Back to top