राष्ट्रिय विद्यार्थी संघ स्ववियु निर्वाचनमा पहिलो हुनेमा कुनै शंका छैन

406

यही फागुन १४ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियुको निर्वाचन हुँदैछ । निर्वाचनका लागि विद्यार्थी संगठनहरुले तयारी तीव्र पारेका छन् । १० वर्षपछि हुन लागेको स्ववियु निर्वाचनले विद्यार्थीहरुमा उत्साह छाएको छ । वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा पनि निर्वाचनको रौनात्का छाएको छ । निर्वाचनका सन्दर्भमा राष्ट्रिय जनता पार्टीनिकट राष्ट्रिय विद्यार्थी संघका पर्सा जिल्ला अध्यक्ष तथा सम्भावित ठाकुर राममा स्ववियुका उम्मेदवार समेत रहेका मधुसुधन चौरसियासँग यात्रा डेलीले गरेको कुराकानी ।

राष्ट्रिय विद्यार्थी संघ के हो ?
– राष्ट्रिय विद्यार्थी संघ देशभक्त र सम्पूर्ण उत्पीडित समुदायबाट आउने विद्यार्थीहरुको साझा संगठन हो । यसले राष्ट्रियता, जनजिविका, राजनीतिक परिवर्तन, सामाजिक न्याय, मधेस मुद्दा र समग्रमा विद्यार्थीको हकहित र विद्यार्थीका समस्या समाधानका निमित्त आवाज उठाउने र आन्दोलन गर्ने काम गर्दै आइरहेको छ । राष्ट्रिय विद्यार्थी संघले मधेसी जनताहरुलाई सचेत गराउँदै सामाजिक जागरण ल्याउने काम गरिरहेको छ । पछिल्लो समय यस संगठनले राजनीतिक र सामाजिक परिवर्तनका निम्ति, विकृति विसंगतीका विरुद्ध आवाज बुलन्द गराउँदै आएको छ । यसैगरी राष्ट्रिय विद्यार्थी संघलाई सबैले चिन्छन ।



स्ववियुमा राष्ट्रिय विद्यार्थी संघको तयारी के छ ?
– ठाकुर राममा दश वर्षपछि स्ववियु निर्वाचन हुँदैछ, यो स्वागत योग्य कुरा पनि हो । राष्ट्रिय विद्यार्थी संघ नयाँ संगठन भएपनि क्याम्पसमा धेरै पहिला देखि विद्यार्थीहरुको हितका लागि काम गर्दै आएको संगठन हो । निर्वाचन बेला मात्र सक्रिय भएर क्याम्पसमा देखा पर्नेहरु मध्ये हाम्रो संगठन हैन । विद्यार्थीहरुका विच रहेर र मिलेर काम गर्ने संगठन हो, जसले गर्दा अन्य संगठनभन्दा विद्यार्थीले हामि माथि धेरै विश्वास पनि गर्छन । हामि अहिले निर्वाचनको तैयार भन्दापनि आफुले विद्यार्थीहरु संग सधै गर्दै आएको कामहरु गरिरहेका छौं, जसले विद्यार्थीहरुको मत स्वतः हाम्रो पक्षमा ल्याई दिन्छ र जित हासिल गर्न हामिलाई सहयोग गर्छ ।

स्ववियुमा जित्ने आधार के हो ?
–स्ववियु निर्वाचन जित्ने हाम्रा विभिन्न आधारहरु रहेका छन । त्यसमध्येका राजनीतिक र शैक्षिक आधार महत्वपूर्ण हुन्छ । हाम्रो निरन्तरको गतिबिधि पनि एउटा महत्वपूर्ण आधार हो । हामी लोकतन्त्रका तथा मधेस मुद्दाको पक्षमा छौँ, हामी सामाजिक न्यायका पक्षमा छौँ, हामी समृद्धिका पक्षमा छौँ । उत्पीडित समुदायका लडेर आफुलाई स्थापित गरेका संगठनको भातृ संगठन हौँ । त्यसकारण यी मुद्दाहरु विद्यार्थीको बीचबाट अनुमोदन हुन्छ भन्नेमा निश्चित हामी छौँ । यी आधारले गर्दा राष्ट्रिय विद्यार्थी संघ स्ववियु निर्वाचनमा पहिलो हुनेमा कुनै शंका छैन ।

तपाईहरुलाई विद्यार्थीले मत किन दिने?
–हामीले विद्यार्थीको शिक्षा सम्बन्धित सम्पूर्ण मुद्दाका लागि अगाडि आएर आवाज उठाएका छौँ । सबैभन्दा ठूलो कुरा त हामी मधेस आन्दोलनबाट आएका पार्टी हौँ, मधेसका सम्पूर्ण जनताले हामिलाई बिस्वास गर्छ । ठाकुर राममा पटक-पटक आउने समस्याका समाधानका लागि हामिले अग्रगामी भूमिका खेलेका छौं यसले गर्दा हामीलाई विद्यार्थीले मत दिन्छन । हामीले शिक्षालाई उत्पादनसँग जोड्न शिक्षा नीतिमै परिवर्तन गर्न जोड दिइरहेका छौँ । विद्यार्थी साथीहरुले क्याम्पसमा भएका विकृति र विसंगतिलाई अन्त्य गर्न पनि हामीलाई मत दिनुहुन्छ ।

ठाकुर रामका समस्याहरुलाई सुधार गर्न तपाईहरुका योजनाहरु के छन्?
– ठाकुर राम तराई-मधेस क्षेत्र कै पुरानो शैक्षिक संस्था हो । आज देश भरि छरिएर काम गरिरहेका हजारौं देशको जनशक्ति उत्पादन यहीबाट भएको छ । प्रधानमन्त्री देखि लिएर ठुला-ठुला उद्योगी र व्यापारीहरुलाई जनामुने क्याम्पस हो ठाकुर राम । तर, विगतका वर्षहरुमा क्याम्पसमा अराजकता बढेको छ, भ्रष्टाचार मौलाएको छ, भएको संरचनाहरु जिर्ण अवस्थामा छन्, अहिले जम्मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र गरी चार वटा संकायमा अध्यापन भइरहेको र सबैभन्दा महत्वपूर्ण विद्यार्थीको संख्या घटेर गएको छ । स्ववियुमा हाम्रो संगठन निर्वाचित भएपछि हामि यी सारा समस्याहरुको समाधान तर्फ लाग्छौं र ठाकुर रामलाईको गुमेको त्यो पुरानो मौलिकतालाई पुन: स्थापित गर्छौं त्यो ।

अत्न्यमा केहि भन्नु छ?
– ठाकुर राम बहुमुखी क्याम्पसलाई पुन: शिक्षाको त्यो अड्डा यदि बनाउने हो भने सम्पूर्ण शक्ति मिल्नुको कुनै विकल्प छैन । शिक्षाको यो मन्दिरलाई यस्को पुरानो अवस्थामा ल्याउने हरेक सम्भव कार्य राष्ट्रिय जनता पार्टीले गरिरहेको छ र निर्वाचन पश्चात पनि गर्ने नै छ । त्यसैले ठाकुर रामका लागि र शिक्षाका लागि एक पटक हाम्रो संगठनमाथि विश्वास गर्न सम्पूर्ण विद्यार्थीहरुलाई म अनुरोध गर्दै छु । स्ववियुले ल्याएको मौका नगुमाऔं र आफ्नो सम्पतिलाई जोगाउन सहयोग गरौँ । धन्यवाद ।