×

वीरगंज, माघ १३ - वीरगंजमा शनिवार नेपाल मार्शल सेल्फ डिफेन्स संघ पर्सा गठन भएको छ । भेलाले प्रभाकर गुप्ताको अध्यक्ष्तामा २३ सदसिय सेन्फ डिफेन्स संघको जिल्ला कार्यसमिति गठन गरेको हो। समितिको उपाध्य्क्ष धनन्जय मिश्र, राजबाबु रौनियार, इश्वर यादव, सचिवमा राजन श्रीवास्तव, सह सचिवमा प्रकाश शर्मा र कोषाध्यक्षमा रोशनी श्रेष्ठ रहेका छ्न ।

त्यस्तै सदस्यहरुमा बिशाल कुमार, रबि कुमार महम्मद वेश, राजकुमार महतो, सैली चौधरी, अल्का कलवार, कारण यादव, दिपेश मानन्धर, सुब्रत श्रेष्ठ, पृथ्वी कुसुवाह, प्रगति खड्का, आरजु देवकोटा, बिमल पौडेल, सन्दिप बिक्रम साह, रंजिता कलवार, अजय शर्मा लगायतका रहेका छन ।

जिल्ला खेलकुद विकाश समितिपर्साका अध्य्क्ष निशान्त लामिछानेको विशेष उपस्थिति तथा राष्ट्रिय कब्बडी संघका केन्द्रीय अध्यक्ष् शिव जी गुप्ता र ब्लड डोनोर्स अफ एसोसियन पर्साका सचिव अरविन्द सिंहको उपस्तिथीमा समिती गठन भएको अध्यक्ष गुप्ताले वताए ।

त्यस्तै डा. दिपक शाक्यको संयोजकत्वमा सेन्फ डिफेन्स संघको सल्लाहकार समिती पनि गठन गरिएको छ । गणेश लाठ, अशोक टेमानी, निशान्त लामिछाने, अरविन्द सिंह, सोनम लामा, शिव जी गुप्ता, दिपक तुल्स्यान गरि आठ जना रहेको सल्लाहकार समिति गठन भएको गुप्ताले जानकारी गराए ।

Back to top