पर्सा बाराका चामल तेल दाल उद्योगहरुको समस्या सम्बन्ध बारे छलफल

226
Share
  • 261
  •  
  •  
    261
    Shares

वीरगन्ज ११ माघ । नेपाल चामल तेल दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको एक शिष्टमण्डलले उद्योग मन्त्री मातृका यादवसँग उहाँकै कार्यकक्षमा भेटघाट गरेर यस पर्सा–बारा क्षेत्रमा सञ्चालित उद्योगहरुको समस्या सम्बन्धमा छलफल गरेको कुरा प्राप्त समाचारमा उल्लेख छ ।
भेटघाटको क्रममा अध्यक्ष गुप्ताले तेस्रो मुलुकको दाल निर्यातमा प्रदान गरिँदा आएको अनुदान खारेज गरिएको गुनासो गर्दै सरकारले विगतमा मुसुरो दाल निकासीमा ४ प्रतिशतसम्म अनुदान दिँदै आएको थियो । जसले गर्दा नेपाली मुसुरो दाल बङ्गलादेशी निकासी बढ्न गएको र अन्र्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहज भएको थियो । तर अनुदान रकम ४ प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरिनु र मुसुरो दाल निकासीमा समेत प्रति के.जी. रु.१।– का दरले निकासी शुल्क लगाउँदा नेपाली दाल महँगो भई विदेशी दालसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण प्रत्येक वर्ष मुसुरो दालको निकासी घट्दै गएको हुनाले यस्ता दाल निर्यात गर्ने उद्योगहरु बन्दका संघारमा पुगेको कुरा मन्त्री यादवलाई ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै दाल उत्पादन गर्दा सँगसँग उत्पादन हुने चुनी, भुसी, अकडी आदिको आयातमा भारतले प्रतिबन्ध लगाएका कारण यस्ता उद्योगहरु बन्दका संघारमा पुगेको कुरा मन्त्री यादवलाई ध्यानाकर्षण गराउनुभयो ।
उद्योग मन्त्री यादवले दर्शाइएको समस्याहरुप्रति आपूm गम्भीर रहेको बताउनुहुँदै औद्योगिक क्षेत्रको समस्या समाधान गर्ने दिशामा सदैव तत्पर रहेको बताउनुभयो । भेटघाटका क्रममा नेपाल चामल तेल दाल उद्योग सङ्घका पदाधिकारी तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा बुटवल उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here