×

वीरगन्ज ८ माघ । वीरगंज । प्रदेश २ को सशस्त्र प्रहरी बल मुख्यालय बर्दीबास महोत्तरीका डिआईजी प्रवीण श्रेष्ठको निर्देशनमा अहिले भारत संग सिमा जोडिएको नाकाहरुबाट तस्करी गर्न छुट छ । डिआइजीको गतिविधीले अहिले पर्सा र बाराका सिमा नाकाहरुमा सशस्त्र प्रहरी इन्चार्जहरु तनावमा परेका छन् । डीआइजीले सशस्त्र प्रहरी जवान ईमाम आलमलाई तस्करहरुबाट रकम असुली गर्न खटाएको बुझीएको छ । सुचना संकलनका लागी सादा पोशाकमा खटिएका सशस्त्रका प्रहरी जवान आलमले तस्करहरु संग साठगाठ गरी डिआईजी श्रेष्ठका नाममा व्यापक रकम असुली गरिरहेको व्यवसायीहरु बताउछन् ।सशस्त्र प्रहरी बल भन्सार राजश्व तथा सुरक्षा गुल्म र शिक्षा कार्यालयमा रहेको सशस्त्र प्रहरी बल विओपी श्रीसीयाले कडाई गर्दै तस्करहरुको समानहरु धमाधम पक्राउ गर्न थालेपछि अहिले ग्रामीण नाकाहरु तर्फबाट घुमुवा आलमको सहयोगमा तस्करी कार्य फस्टाएको छ । पर्साको पर्सौनीभाटा भएर फुलकौलका अशोक यादव, विश्रामपुरका राजु , सर्वदेव, सतिन्दर, कमलेश र ध्रुव लगाएत आधा दर्जन व्यापारीहरुले घुमुवा आलमको सहयोगमा सो नाका भएर कपडा, हार्डवेयर लगाएतका तस्करी गरीरहेको स्रोतले जनायो । समयमा पैसा नदिने व्यापारीहरुको माल समान पक्राउ गरेर बुझाउने गरेको एक पिडीत व्यापारीले बताए ।सिमा नाकाबाट हुने चोरी तस्करी लगाएत अपराधीक गतीविधी नियन्त्रण गने तर्र्फ डिआजी श्रेष्ठलाई सुचना संकलन गरेर जानकारी गराउनु भन्दा पनि सशस्त्रका घुमुवा आलमले कसरी तस्करहरु संग रकम असुल्न सकिन्छ भन्ने तिर मात्र केन्द्रित रहेको स्रोतले जनायो ।राजश्वमारा चोरी तस्करी गर्नेहरु लाई सघाउने घुमुवा आलमको गतिबीधी माथी सशस्त्र प्रहरी बल मुख्यालय नम्बर २ बाहीनी बर्दीबास महोत्तरीले समयमै नियन्त्रण गर्न जरुरी देखीन्छ ।

Back to top