ठा.रा.ब क्याम्पसमा बिद्यार्थीहरुको सहयोगको लागी हेल्प डेक्स

313

वीरगन्ज ८ माघ । ईतिहासमै पहिलो पटक ठाकुर राम बहुमुखी क्याम्पसमा बिद्यार्थीहरुको सहयोगको लागी राष्ट्रिय बिद्यार्थी संघ ठा.रा.ब क्याम्पस ईकाइ कमिटीद्वारा हेल्प डेक्सको व्यवस्था गरिएको छ । हेल्प डेक्स कार्यक्रमको प्रमुख अतिथि राजपा नेपाल पर्साको जिल्ला अध्यक्ष प्रेमबाबु पटेल,अतिथि ठा.रा.ब पुर्ब उपसभापति राजेश मिश्रा,३ न वडा सदस्य संगीता दास,राष्ट्रिय बिद्यार्थी संघ पर्साको जिल्ला अध्यक्ष मधुसुदन चौरसियाको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता ठाकुर राम ईकाइ अध्यक्ष अमित यादवले गर्नु भएको थियो र हेल्प डेक्सको उदघाट्न प्रेमबाबु पटेलले गर्नु भएको थियो । कार्यक्रममा ईकाइ उपाध्यक्ष अफरोज आलम,रामसुन्दर पन्डित,अमित यादव,दिपक पटेल,ईकाइ सचिव सागिर अलि बिद्यार्थी नेताहरु रुपेश चौरसिया,श्यामनिवास सिन्हा,बिदयानन्द साह,बिक्की राज पटेल, बिबेक झा,ओमप्रकाश् साह,सचित सिंह,मोहन यादव लगायत बिद्यार्थी नेताहरुको उपस्थिति थियो ।