×

वीरगंज, ७ माघ । नेपालमा पहिलो पटक हुन गइरहेको भनिएको गायत्री अश्वमेध यज्ञकोे अध्यक्ष उपेन्द्र महतोलाई वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले बनाइएकोमा विरोध हुन थालेको छ । अश्वमेध यज्ञका हर्ताकर्ता मध्ये एकले बताए अनुसार यस्तो पवित्र काममा उपेन्द्र महतो जस्तो विवादित व्यक्तिलाई अध्यक्ष बनाएर अश्वमेध यज्ञको महिमा घटाउने काम भएको छ ।

सन् २०१५ मा अन्तराष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ककद इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नािलष्टस (आईसीआईजे) ले ककपनामा पेपर्स मा उपेन्द्र यादवको नामको खुलासा गरेको थियो । करछलीमा महारथ हासिल गरेका उपेन्द्र महतो र उनका परिवार र हांगाबिंगाहरु यो देशलाई लुट्न सम्म लुटेको आरोप अश्वमेध यज्ञका ति हर्ताकर्ता मध्येका एकले नाम नछाप्ने शर्तमा बताए ।

एनसेलको ७२ अर्ब करछली प्रकरणमा उपेन्द्र महतोको प्रत्यक्ष संलग्नता भएको आरोप लगाउंदै उपेन्द्र महतोका भाई हाल संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य, पूर्व सांसद् वीरेन्द्र महतोको श्रीमति समता र उनका साझेदार निरजगोविन्द श्रेष्ठका नाममा ब्रिटिश भर्जिन आइल्यान्डस साइप्रस, बेलारुस, बेलायत र भारतमा लगानी रहेको देखाउँछ । यसअघि मेयर विजय सरावगी र उपेन्द्र महतोले बाबा रामदेवसंग सहकार्य गरेर नेपालमा पतञ्जली उद्योगको स्थापना गर्ने र लाखौं नेपालीलाई रोजगार दिने सपना बांडेको भएतापनि त्यो प्लान पूर्ण रुपमा फेल खाइसकेको छ ।

धर्मसंग जोडिएको यस्तो महान कार्यमा यस्ता राजश्वमारा व्यक्तिलाई मेयर विजय सरावगीले अध्यक्ष बनाइनु आफैमा बिडम्बना हुने बताइन्छ ।

Back to top