×

वीरगंज माघ १ - वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले धार्मिक आडमा शक्ति प्राप्त गर्ने खेलमा लागेको रहस्य खुलेको छ । भारत लगायत विश्वमा गायत्री परिवारको लगभग १५ करोड सदस्य रहेको बताइन्छ । गायत्री परिवारका प्रमुख प्रणव पांडयाले हालै अखिल भारतीय कांग्रेसका अध्यक्ष राहुल गाधीको अनुहार आफुलाई मन नपर्ने बयान दिएर चर्चामा आएका छन् ।

भारतको आगामी लोकसभाको चुनावको सन्दर्भमा भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई ज्वाई जस्तो सम्मान गर्ने पांडयालाई कांग्रेस अध्यक्ष राहुल किन मन परेनन् ? त्यसको बारेमा गायत्री परिवारको तर्फबाट कुनै तर्किक जवाफ प्रस्तुत भएको छैन । धर्मको आडमा राजनीति गर्ने परम्पराको निरन्तरता दिंदै आएको गायत्री परिवारले लोकसभा २०१९ मा पनि आफ्नो अनुयायीहरुलाई बिजेपीमा भोट हाल्न संकेत गरिसकेको छ ।

यही गायत्री परिवारको अनुयायी वीरगंजका मेयर बिजय कुमार सरावगी मेयर हुनुभन्दा पहिले पतञ्जलीका संस्थापक बाबा रामदेवलाई वीरगंजमा बोलाएर यहाका नगरबासीहरुलाई अनुलोम विलोम गराइ फोरमबाट टिकट खरिद गरेर मेयरको कुर्सीमा बिराजमान छन् । अब बाबा रामदेवको दोकान त्यति नचलिरहेको बखत ‘अश्वमेघ’ नामको ब्रम्हास्त्र वीरगंजमा छोडेर सबलाई धार्मिक उन्मादमा बगाएर आफनाे असक्षमता लुकाउने असक्षम प्रयासमा मेयर सरावगी लागि परेका छन् ।

पेटको एकदम हल्का जो अगाडी फेला प¥यो त्यसकै भइहालेको देखाउने सरावगी वीरगंजको मेयर भएपछि सिन्को समेत भाचेका छैनन् । वीरगंज महानगरको अहिलेको परिवेश देख्दा प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भूषाल मेयर जस्तो र सरावगी नगरपालिकाका सुब्बा जस्तो देखिने गरेको कर्मचारीहरु बताउ“छन् ।

वीरगंजको मेयर भएपछि देखिने कुनै काम नगरेको वर्तमान परिवेशमा वीरगंज बासीलाई ‘अश्वमेघ’ को गोली खुवाएर ठिक्क पार्ने तयारीमा जुटेको सरावगीको अध्यात्म पक्ष एकदम कमजोर छ भन्ने उल्लेख गर्न गाह्रो भएको पक्ष एकदम बलियो छ ।

Back to top