‘मन्त्रीले सचिव कुटेकै होईन, नौटंकी गर्ने सचिवलाई बर्खास्त गर्नुपर्छ’ – सदस्य प्रदीप यादव

3123

Share
  • 3.4K
  •  
  •  
    3.4K
    Shares

वीरगन्ज ३० पुस । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् वाईडबडी खरिद प्रकरण छानबिन उपसमितिका सदस्य प्रदीप यादवले सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले नै सक्कली प्रतिवेदन गायब बनाएको गम्भिर आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले समितिका सभापतिले नै समितिको पूर्ण बैठकले मिडियाको रोहबरमा पारित गरेको प्रतिवेदनका मुख्य मुख्य अंशहरु नै परिवर्तन गरेर अख्तियारलगायत सम्बन्धित निकायमा पठाएको आरोप लगाए ।

फरक प्रसँगमा उनले दुई नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई नकुटेको स्पष्ट पारे । उनले भने,‘सचिवले यो विषयमा मनगढन्ते कुरा गरे । मन्त्रीले उनलाई कुटेकै छैन् । सचिवले आफ्नो पदीय मर्यादा भुलेर गालीगलौज गरेपछि विवाद भएको हो । उहाँले कुटेर भनेको लगाएको आरोपमा कुनै सत्यता छैन् ।’

यादवले सचिव झाले नाटक मञ्चन गरेकोले उनलाई तत्काल बर्खास्त गर्नुपर्नेपनि बताए । यद्धपी उनले यस प्रकरणमा छानबिन समितिले सत्य, तथ्य बाहिर ल्याउने पनि विश्वास दिलाए । उनले भने,‘यदि मन्त्रीले कुटेको प्रमाण भेटिए, उनलाईपनि कारबाही हुन्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here