बिरगंजमा ग्यास लिक भएर आगो लाग्दा एक दम्पती घाइत

1022

दिपक चौरसीया वीरगंज ३० पुस । बिरगञ्ज महानगरपालिकामा सोमबार बिहान ११ बजे भएको आगलागिमा परि २ जना घाईते भएका छन । बिरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर टोलका हिरा महतो धानुकको घरमा बिहान बिधुतको सर्ट सर्किट भएर आगलागि हुदा उनका छोरा जगरनाथ महतो धानुक र बुहारी सुनिता देबी धानूक घाईते भएका छन । घाईते भएकी सुनिताको शरिर नै जलेकाले उनको अवस्था गम्भिर रहेको छ, भने जगरनाथको हात र शरिरमा आगोले पोलेको छ । उनीहरु दुबैजनालाई उपचारको लागि बिरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा लगिएको छ । आगलागिबाट घरमा भएका एक वटा स्टिल दराज,दराज भित्र राखिएको गर गहना,नगद,लता कपडासमेत जलेर नष्ट भएको छ ।बिहान घरमा बिधुतको लाईन बनाउने क्रममा अचानक बिधुत सर्ट भई घरमा रहेको टेलिभिजन पडकिदा आगो लागेको थियो । टेलिभजिन पडकिने बितिक्के घरमै राखिएको खाना पकाउने सिलिन्डरमा समेत आगो लागि पडकिएकोले आगो घरभरि नै फैलिएको थियो ।आगलागिलाई बिरगञ्ज महानगरपालिकाबाट गएको बारुण यन्त्र स्थानीयबासी तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । घटनाका् बारेमा थप बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/dipak.chaurasiya.3363/videos/240250576892881/?t=0