अजय जातीय र सुबाश अग्रवालले गरे निर्माण व्यवसायमा इन्ट्री, कम्पनिमा एक अर्व भन्दा बढि लगानी

871

वीरगंज, पुष २९ – वीरगंजमा एक अर्व भन्दा पनि बढिको लगानीमा नयाँ निर्माण कम्पनि सञ्चालनमा आएको छ । नेपालका प्रतिष्ठित व्यापारिक समुह जगदम्बा र राजेश हार्डवेयरले संयुक्त लगानीमा ‘जेसी विल्डर्स प्रालि’ नामक नयाँ निर्माण कम्पनि सुरु गरेका हुन् ।

नेपालको निर्माण व्यवसायमा देखिएको समस्यालाई आधुनिक माध्यम र प्रविधि मार्फत हल गर्ने उद्द्येश्यका साथ् कम्पनि सुरु गरिएको सञ्चालकहरुले जनाएका छन् । कम्पनिले नेपाल अधिराज्यभरि औद्योगिक, व्यावसायिक र आवासीय ग्राहकहरुलाई निर्माण सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराई रहेको कम्पनिका सह-सञ्चालक अजय जाटियाले बताए ।



कम्पनिले सम्भावना अध्ययन, बैंक सम्भावना प्रतिवेदन, सामान्य अनुबन्ध, डिजाइन तथा ईन्जिनियरिङ्, परियोजना निर्माण, निर्माण प्रबन्धन र पूर्व ईन्जिनियर्ड धातु भवन निर्माण जस्ता कयौं सेवा उपलब्ध गराई रहेको जाटियाले भने ।

‘हामीले नेपालको निर्माण व्यवसायको पूर्ण अध्ययन गर्दा याहाँ उपलब्ध सुविधा र आवश्यकता विच ठुलो अन्तर महसुस गर्यौं, कम्पनीक अर्का सञ्चालक सुबाश अग्रवाल भने, ‘नेपालमा आधुनिक निर्माण विधि, कुशल श्रम र गैर श्रमिक स्रोतको उपलब्धता खाँचो छ, यी खाँचोहरुलाई पूर्ण हामि निर्माण व्यवसायमा आएका हौँ ।’

नेपालमा अहिले काम गरिरहेका निर्माण कम्पनिहरुमा धेरै कमी कमजोरी रहेको, जस्ले देशलाई वर्षेनी अर्बौं रुपैयाको घाटा व्यहोर्नु परिरहेको अग्रवालले भने । उनले निर्माण कम्पनिहरुको कमजोरीका कारण समयमा निर्माण कार्यहरु नसकेको र जनतालाई शास्ती भोज्नु परेको बताए । अग्रवाल राजेश हार्डवेयरका संस्थापक हुन् ।

कम्पनीमा आबद्ध व्यक्तिहरु संग दुई दशक भन्दा पनि बढि समयको अनुभव र व्यावसायिकताले पनि जेसी विल्डर्सलाई अन्यबाट भिन्न रहेको सञ्चालकहरुको दावी छ । कम्पनिका सञ्चालक सीमेंट, स्टील, उच्च गुणवत्ता ईंट तथा ब्लक, एसएस पाइप जस्ता बस्तु उत्पादन व्यवसायमा संलग्न छन् ।

जेसी विल्डर्सका अर्का सञ्चालक राजेश अग्रवाल रहेका छन् । अग्रवाल नेपाल मै सबै भन्दा धेरै सिमेन्ट उत्पादन क्षमता भएको जगदम्बा सिमेन्ट्सका कार्यकार निर्देशक हुन् । कम्पनीमा युवा उद्यमी गोपाल अग्रवाल, अङ्कुर भंगर, अंकित अग्रवाल र आकृति अग्रवाल समेतको संलग्नता रहेको छ ।